बुवा म अहिलै बिहे गर्दिन है?
बुवा,
म अहिल्यै बिहे गर्दिन
भर्खरै त यी मेरा अवोध मस्तिष्कले
भाडाकुटी खेललाई खेल हो भनेर
छुट्याउन सिक्दैछन् ।
यी हातका रेखाहरु बल्ल त बाटो खोज्दै छन्
त्यसैले बुवा म अहिले विहे गर्दिन है
सायद हाम्रो तिर भाले नभएर होला
म मोबाइलमा अर्लार्म राखेर बल्लबल्ल उठ्ने गर्छु
बुवा सोच्नुस त, अहिल्यै यदी म पराई घर गए भने
त्यहाँको भाले बास्दा पनि,
यी मेरा आँखाले मसँग निउ खोजे भने
घरमा पो छोरी उठीन सञ्चो छैन् कि क्या हो
भन्दै आइसिन्छ हजुरहरु तर म पराई घर गए
भने सोच्नुस त, तेस्रो विश्वयद्ध सुरु हुन्छ ।
अनि म सँगै रहे त ठिकै होला
तर प्रश्न उठ्छ तपाई अनि मामु प्रति
अनि ठडिन्छन् औला तपाईहरुको
पालन पोषण अनि संस्कार प्रति
अनि म कहाँ सक्छु र थाम्न हजुरलाई त
सम्झना होला नि त्यो तल्लाघरे काकीको छोरीले
एकपटक तेरा बुवा त फोहरी दारी पालेका भन्दा
मैले रणको मच्चाको आज ३ वर्षसम्म पनि
मैले उसको अनुहार हेर्या छैन ।
अनि मैले फेरी झर्किएर झगडा गरे भने
फेरी समाजले हजुरकै माथि प्रश्न गर्छ
अनि सक्दिन बुवा म आफूलाई माफ गर्न
त्यसैले बुवा म अहिल्यै बिहे गर्दिन ।
बल्ल त यौवन बुझ्दै छु, कक्षा १२ सके बल्ल त
१८ को भए बा, बा म अझै पढ्छु नि
हाम्लाई त सरले २० वर्ष नभई विहे गर्नु त
अपराध भन्नु भाको थियो । तर बुवा मैले स्नातक
सक्दा त २२ को हुन्छु नि , मलाई जागिर खानु छ ।
हजुरहरुले म प्रति गरेको लगानीको भाडा पनि त
तिर्नछ ।
त्यसैले बुवा म अहिल्यै बिहे गर्दिन है
यो पारी रामु काकाको छोरीले त
मास्टर्स सकेर कलेज पढाउछन् रे
अनि मैले अस्ति सोधेको उनलाई
रामु काकाले त तलाई जे सही लाग्छ
त्यही गर मन लाए विहे गर् नमन लाए
नगर तर सही बाटोमा हिड भन्नु भा रे नि ?
के हजुर र रामु काका उस्तै हैन र?
के मैले विहे गर्नुपर्छ र ? खाली छोरी
हुँदैमा पराइकै सेवा गर्नु पर्छ भन्ने छ र ?
म हजुरको सेवा गर्न चाहन्छु
ठिकै छ गर्नै परे अलिक पछि गर्छु नि हस्
बुवा म अहिल्यै बिहे गर्दिन है ।
साँच्चै बिर्सेछु मैले त हजुरलाई धन्यवाद दिनु छ ,
त्यो हामी माथिल्ला घरे सुन्तली फूपुकी छोरीको त
१० कक्षा सकेसी बिहे गर्देका रे
धन्न तपाईले १२ त पढाउनु भो त्यो सुन्तली
फूपुकी छोरीले त छोरी पाइछ रे
बिचरी आफ्नो ख्याल राख्न नजान्ने उमेरमा
छोरीको ख्याल राख्न कसरी सकोस ?
सुन्छु छोरी सुकुटी छ रे
दोष सबै सुन्तली फूपुको हो ,
तल गाविसको सचिब हुँदो त
भन्थिन् बाल विवाह रहित टोल बनाउछु
म मेरो टोललाई, खै तिनका बोली बिक्न
छाडेछन् कि तिनका याददास हराए होला
आफै छोरी होइन बच्चामा
अनि बुवा मलाई सानोमा के बन्छेस्
भन्दा शिक्षक बन्छु भन्दा हजुरले हुन्छ
म बनाउँछु भन्नु भाथ्यो त ?
सायद चालिसे लागेर होला भन्नुभयो कि भुलेको
नाटक गर्दै होइसिन्छ बुबा ?
अनि म कक्षा १२ पढ्दा लागेको ऋण नि
भाइ त सानै छ हजुर नि अब काम गर्न
सक्नु हुन्न कस्ले तिर्छ ?
मेरो बिहे भएमा दाईजोको ऋण
म कसरी जानु मेरो बाबु आमालाई
ऋणमा डुबाएर भोलि मेरा छोराछोरीले
नि त सरापलान तैले मेरो हजुर बुबा हजुर
आमालाई ऋणमा डुबाएर आइथिस् रे
अनि म कसरी जवाफ दिनु
बुवा त्यसैले अहिल्यै बिहे गर्दिन है
आमा अहिल्यै पराई हुँदिन् है ।
-Photo by Deepak Khirodwala from Pexels
You may also like:
फरक यत्ति छ तिमी र म मा | कविता | Akash Suyal [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

