एक पटक फेरि उठ्ने मन छ | Nepali Poem by Pariwesh Chapagain

poetry
गलिसकेँ म यी मध्यरातमा मेरा अनि निन्द्राका
बीच गुन्जिने दर्द्नाक आवाजहरुबाट,
यो टड्पाहट, रोदन, तछांड,मछाड्को यात्राहरुबाट,
हुँने खानेहरुको र हुँदा खानेहरु दुवैको पीडाहरुबाट…..
जातभात धर्म भन्दै अलगीयका दाइभाइको रिनबाट..
अनि आज मान्छेबाट मान्छे टाढिनुपर्ने चलनबाट..
निन्द्रामा मीठो सपना नबुनेको सायद वर्षौ भएछ…
एकपटक फेरि निन्द्रा देविको काखमा लडिबुडी गर्न मन छ
निन्द्रा पूरा भएर,,, अब येस्तो ठाउँमा उठ्ने मन छ,,,
जहाँ मैले फेरिरहने स्वासको आवाजले
अरुका कानका जाली चिरा नपरोस्…
मेरा स्वास कसैका लागि श्राप नबनोस्…
ती दर्दनाक रुवाइहरु..जिन्दगीको सुर तिखार्न
गरिएको रियाजमा परिणत होस्,,,,,
ती हराइरहेका मान्छे अनि तिनका सपनाहरुको
जोडी परेवा जस्तै गरि प्रेम मिलन होस्…..
हामीलाई कमजोर बनाउन लागि पर्ने रोगहरुको
बिछोड्को गीत गुन्जियोस्..तिनकै गीतमा नाच्न पाइयोस्…
हो यस्तो ठाउँमा उठ्ने मन छ,,,
एक पटक निदाउनु छ सपनीमा छिट्टै,,,
अनि हेर्नु छ बिउझिए पछिको त्यो संसार…
त्यसैले एकपटक निदाएर फेरि उठ्ने मन छ….
देखेका सपना पूरा गर्न जुट्ने मन छ…
एकपटक उठ्ने मन छ।।
#मुन्छे
Read More From Pariwesh Chapagain :

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *