मन आतिन्छ | Pariwesh Chapagain | मुन्छे

Pariwesh Chapagain
म सुतेर पनि, सपनामा दौडिरहेको कारण
निन्द्रा र म बीच, अचेल ऐठन पसेको छ….
यहि कारण निन्द्रासँग पारपाचुके भैसक्यो मेरो…
यी रातमा कता कता आफैमा गुम्सिरहँदा…
स्वास फेर्दा फेर्दै पनि निसास्सिरहन्छु म,
मौनतासँग घनिष्ठ प्रेम भैसकेको छ मेरो,
जुन कुरा यो समाजमा अपाच्य छ…
यहाँ मैले देख्ने हरेक सपनाहरु अपाच्य छ्न्….
मेरो जिन्दगीले मेरा आँसुहरु माथि
मुद्दा दर्ता गरेको पनि छ…किनकि
जिन्दगीले अनेकौं प्रयास गर्दा गर्दै पनि
मन रोइरहँदा पनि,आँसु बग्न मान्दैन…
बरु जिन्दगीभर मुद्दा खपेरै बस्न तयार छ….
त्यसैले अचेल मन आतिन्छ,
भविष्यको बाटो खन्दा खन्दै थाकेर हो कि?
त्यो दुःखसँगको बिछोड,अनि दुःखको यादमा हो कि?
पत्तो छैन, तर अचेल मन आतिरहन्छ,
अँ साँच्ची अचेल ऐठन पनि हुन्छ मलाई
मेरो वर्तमान अनि भविष्य जोड्ने पुल
सपनीमा बनाउदै गर्दा सायद धेरै थाकेर होला,
तर अनौठो ऐठन हुन्छ, तिघ्राहरु फर्कन्छ्न्…
अनि मन आतिन्छ….
म अन्धविश्वास मान्दिन तैपनि!
कतै सुखले भुत, प्रेत त लाइदिएन म माथि?
यहि प्रश्न्न बारम्बार दोहोरिरहन्छ मनमा…..
मन एक्कासी आतिन्छ!!!
यो मनको आतुरीसँँग लुकामारी भइरहन्छ सधैँ…
लाग्छ, जिन्दगी यहि लुकामारी त हैन कतै?
अनि मन आतिन्छ,आत्तिरहन्छ……
यहि प्रश्न गर्छ, कतै सुखले भुतप्रेत त
लगाइदिएन म माथि?
#मुन्छे
Photo by Stefan Stefancik from Pexels

एक पटक फेरि उठ्ने मन छ | Nepali Poem by Pariwesh Chapagain

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *