काठमाडौं एउटा  बिरानो  सहर | Bibek Bhattarai

Bibek Bhattarai
मनको कुनामा त्यो आशा अनि
धेरै दिन  निराशा
हिड्दै अबोध यो हृदयमा सपना रोपेर,
हिड्देै छु, कहिले कहाँ, सपना बोकेर सपनाको भुमरीमा
काठमाडौं एउटा  बिरानो  सहर ।
कहिल्यै नसकिने पढाइको यात्रा
अनि पौडेर यो सपनाको सागर
तिमीभन्दा लाखौं गुणा अझ धनी  मानिस छन्
मनले र सुख सयलले यँहा
दौडेर चन्द्र छुन खोजे
अझै पनि मेरा लागि
काठमाडौं,एउटा  बिरानो  सहर
सपनाको सागर बोकेर हिडेको म
कहिले त्यो गल्ली या ठूला ठूला  निर्माण गरिएका सडक
उक्लदो जीवनको जोस् जागर
अझै पनि मेरा लागि
काठमाडौं, एउटा बिरानो  सहर
चारैतिरको बन्द विचार
या यो मेरो प्रतिबिम्ब हिडेको?
कसैले यो गर, त्यो  गर भन्छन्
उनीहरुको  सुझाव भनु या डर र धम्की
वरपर हेरी देख्न नसक्ने
केवल  मेरा लागि
काठमाडौं, एउटा  बिरानो  सहर
सत्य नचिन्ने यहाँ झुठो अगाल्ने
वातावरण दुषित पार्ने
उकालो ओराली चढ्दाचढ्दै
यी साघुँरा गल्लीमा वर्षौ दिन बितिसकेछ
मान्छे हो तर आत्माहिन यहाँ
केवल मेरा लागि
काठमाडौं, एउटा  बिरानो  सहर
दुई मुठी चामल कमाई
एक मुठी सास किन्न
लाखौ थोपा पसिना बगाई
भोलिका लागि खुसी बटुल्न यहाँ
केबल मेरा लागि
काठमाडौं,एउटा  बिरानो  सहर
आँसको तालमा बगिरहेछु
क्षणिक रमाइलोमा रम्ने ठाउँमा
भोलिको भविष्य कसरी खोजु
यो ठूलो सहरको, मैदानमा
यति सुन्दर कान्तिपुरी मेरालागि घिक्कार
काठमाडौं, एउटा बिरानो  सहर ।
Bibek Bhattarai

ए पुरुष | (Eh Purush) Keki Adhikari | Nepali Poem

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *