बालविवाह
म आफैँमा निशब्द छु, हेर
एक्लै सोच्ने गर्छु, धेरै बेर
छैन कतै बच्ने ठाउँ गाउँ सहरमा
कति त बाध्य छ्न् यहाँ कति आफ्नै रहरमा,
खै !
खै के भनेर व्याख्या गरौँ,यहाँ
२० वर्ष नपुगी विवाह गर्दा कानुन लाग्छ,अरे
१४, १५ मै धेरै छोरीहरुले बालविवाह गरे
ओढारको मान्छे अन्तरीक्षमा पुग्ने शिक्षा भयो
यो देशमा बालविवाह सम्बन्धी शिक्षा खै कता गयो।।
तर!
तर, म आफै अन्योलमा परेकी छु,
एउटा सामान्य शिक्षित परिवारमा जन्मेकी छु
१८ वर्ष नपुग्दै बाको मुखबाट ज्वाइ,
हजुरआमाबाट कन्यादान र आमाबाट सन्तान
लाग्छ, जिन्दगी नै यति रहेछ छोरीको
अनि!
अनि सम्झिने गर्छु के होला अरुको हालत,
ती दुर्गम भेगमा जन्मिएका छोरीहरुलाई
शिक्षाबारे क,ख पनि थाहा नहुनेलाई
खेल्ने उमेरमा परिवारको बन्दमा भएकी बहिनीलाई
२० वर्ष नपुग्दै २,३ वटा भएकी आमालाई
कसैको मायामा विवाह के भनेर नबुझेकी दिदीलाई
बालविवाह अन्त्य भन्दै भाषण गर्ने शाशकलाई
बालविवाहले धेरै बालबालिकाको भविष्य अन्योल भन्दै बिहानै समाचार आउने टेलिभिजनलाई,
लाग्छ !
लाग्छ,कहिलेकाही त,
यो देशको सविधानको दस्तावेज च्यातेर फालौ,जस्तो
यस सम्बन्धि शिक्षा नहुने राज्यलाई फाँसीको सजाय दियौ,जस्तो
उमेर नपुगी विवाह गर्ने गराउनेलाई जीवनभर कैद बनाउ,जस्तो
आफै अघि बढेर बालबालिकालाई एकजुट पारौ, जस्तो
अनि हुन्थियो कि अन्त्य बालविवाहको
सक्ने थिए ती बालबालिकाले बनाउन भविष्य आफूले चाहेको
पर्छन् होला छिमेकी पनि अनि तीन छ्क्क
बन्छ, होला देश पनि अलि परिपक्क।।
Photo: Fair Gaze
You May Also Like:
हालत | कविता | इस्मिता थापा [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

