रोल्पाली गजलकारको मीठो गजल

आज बाटोमा हिडेकी मेरी प्राण देखेँ

तर धेरै पछि त्यो उनको मुस्कान देखेँ

 

हिम नदि झै चाल सुस्तरी सुसाउने

तर कमलो छातिमा दरो चट्टान देखेँ

 

चन्द्रमा झै मुहार अत्ति नै रुप पनि

तर त्यो ओठमा घृणाको मुहान देखेँ

 

मलाई त्यागी असल भेटेकी थिइ

तर त्यो जिन्दगी देखि हैरान देखेँ

 

बाङ्गो हिड्ने मन सोझो बाटोमा

तर नयाँ अनियन्त्रित उडान देखेँ!!

 

-कुमार बिष्ट, रोल्पा

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *