म र सरकार | Nepali Poem | Smita Thapa

Smita Thapa

म र सरकार | Poetry by Smita Thapa

म अहिले सरकार खोजिरहेको छु।
सरकार सत्ता खोजिरहेको छ।
यो महामारीको क्षणमा,
जिन्दगीको घाउमा मलम लगाउने,
व्यक्तित्वहरु गुमाइ रहेछु।
सरकार आफ्नै ज्यानको सुरक्षाको खोजिमा छ।
म,
म यता बा लास बनेर ढल्नु अघि
एउटा अक्सिजनको सिलिन्डर खोजिरहेको छु।
सरकार त्यही अक्सिजनको सिलिन्डरको बार्गेनिङ गर्दैछ।
बहिनी र आमालाई बचाउन आइसीयु र भेन्टिलेटर खोजिरहेको छु।
सरकार भर्खर यहाँ यति आइसीयु र भेन्टिलेटर थप्ने भन्दैछ।
दाइ विदेशबाट आयो, म
होल्डिङ सेन्टर र क्वारेन्टाइन खोजिरहेको छु।
सरकारले भएको त्यही  काम चलाउ पनि भत्काइ सकेछ।
म,
एम्बुलेन्स नपाएर भाइको तड्पीएको श्वासलाई एउटा गाडी खोजिरहेको छु।
सरकार दिनमा २-३ वटा गाडी फेरि फेरि चढिरहेछ।
आफ्नो मृत्त छोराको शव जलाउन नपाएर बा ले हार गुहार गरेको म हेरिरहेको छु।
सरकार आज देशमा यति समय यतिको मृत्यु भन्दै छ।
यता सडकमा बसेका गरिबीहरुको भोकको चीत्कार र रोदन सुनिरहेको छु।
सरकार आफ्नो आसन ग्रहणमा सिहदरबार जाँदै छ।
जनता उपचार गराउने बेड नपाएर भुइँमा उपचार गराएको म हेर्दै छु।
सरकार उत्ता कमिसन र डोनेसन मिलाउँदै छ।
अब त हेर्दा हेर्दै ,
म लास बनेर आफै ढल्नै लागे सरकार,
यदि म जस्ताहरु बाच्न सके भने त
आज तिम्रो कुर्सी ढलेमा भोलि उठाउन तयार छौ हामी।
प्लिज सरकार एकपटक म जस्ता जनता तिर पनि ध्यान दिने हो कि।।
-इस्मिता थापा,खोटाङ 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *