जन्मियौ तिमी १८७१ साल
चुण्डी रम्घा डाडामा
आदिकवि भनी चिनियौ
उज्यालो छर्दै त्यही डाडामा ।।१।।
पुत्र धनन्जयका तिमी
धर्मावती जननी
जसबाट लियौ शिक्षा उही
नाति श्रीकृष्णका पनि ।।२।।
छन् तिम्रा रचना श्रेष्ठ
बिते धेरै बर्ष पनि
युगौ युगका अमर श्रष्टा
तिमी ठुलो आदिकवि ।।३।।
बहुमुखी प्रतिभाको धनी
खेलाएर शब्द लेखनी
रामायणलाई नेपालीमा लेखी
रचायौ कवि जिवनी ।।४।।
नेपालको पहिलो तिमी
नेपाली कवि बनी
छुट्टै पहिचान साच्चै
राख्यौ तिमीले पनि ।।५।।
अमर बनी चम्किराछौ
साहित्यका तारा
तिम्रै बयान गर्दै हिड्छन्
यी नेपाली सारा ।।६।।
बन्यौ प्रेरणा मै जस्तो
कयौँ भनेर नेपाली
छिटै गयौँ टाढा आखिर
शब्दहरुको बनेर माली ।।७।।
कपी कलम लिई उठ
तिमी भानु फेरी
बगाईदेउ यो जगतलाई
शब्दका खोली केरी ।।८।।
साहित्यलाई ज्ञानको ज्योतिले
चम्काउदै तारा
बगाई देऊ फेरि पनि
शब्द शब्दका धारा ।।९।।
-Jiban pande
Image from Bhanu Pratishthan
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

