मलाई नेता बन्ने मन थियो ! कविता | Jagrit Bhattarai | काव्यकुञ्ज कविता प्रतियोगिता

Jagrit Bhattarai

अनि नेताजी देश के कति बन्दै छ?
भन्न त नहुने हो
अघिल्लो चुनाव खर्च कसरी उठाइयो ?
कि उठ्न बाकी नै छ
ल है सक्दो भस्टाचार गर्नुस अब समय धेरै छैन पो
सुन्छु रातदिन करोडको ऋणले पिरोल्छ रे हजुरलाई
कोरोना लागेर मान्छे मरेछ्न नि थाहा पाउनु भो?
हुन त क्वारेन्टाइनको सामान किन्ने टेन्डर अर्कैले पायो भनेर चिन्तित भको बेलामा
थाहा नै पाउनु भएन होला ?
करोडौं घाटा लागेछ है ,..कठै
असार लाग्यो तराई डुबेछ नि हिजो राती
काले मरेछ, बिर्खेको घर बगाएछ
राहत किन्ने टेन्डर हजुरलाई पो पर्छ कि ल है पहल गर्नुस ..
आउदो चुनाब सम्म त अघिलो चुनाब खर्च तिरेर अर्को लाई जगेडा गर्नु पर्छ है
नत्र पार्टिले टिकट नदेला
थाहा छ नेताजी मलाई नि नेता बन्न मन थियो नि
तर हजुरहरुको चर्तीकला देख्नु भन्दा पहिले
अब लाग्दैन
राजनीति देखि घिन लाग्छ ..
म जस्तै सोच्ने लाखौंको युबा छन बुज्नु भो?
तपाईं त सधै सत्ताका लागि बाचेको मान्छे युवाले के सोच्छ्न के थाहा ,
हजुरको घैटोमा कहिले घाम लाग्ला है? ।।

-Jagrit Bhattarai

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *