बुबा, डर ,पढाइ र पूजापाठ ! | लेख | Jagrit Bhattarai | [Offline Thinker]

Jagrit Bhattarai

बुबा ,भन्ने शब्द सुन्ने बित्तिकै मेरो दिमागमा आउने भनेकै डर , पढाइ र पुजापाठ हो ।

माया, स्नेह ,सम्मान र सत्त्कारको मैले कुरा गरिन । किनकी उहाँको बिर्यबाट म अंकुराउदा नै ती सबै कुरा म मा लोड भैसकेका छ्न् जस्तो लाग्छ । त्यसै पनि आफ्नो बुबालाई माया र सत्कार नगर्ने सन्तान संसारैमा कमै होलान् । बुबालाई देख्ने सुन्ने बितिकै मेरो दिमागले एक किसिमको डर शरीरका प्रत्येक कोष कोषमा फ्याकी दिन्छ ।

त्यो डरमा सायद बुबाको मेरो छुटै सम्बन्ध छ। नत्र म संसारका कुनै पनि व्यक्तिसङ्ग डराउदिन । डराएनै पनि त्यो डरको ढाचा नै फरक हुन्छ । सायद म त्यो डरलाई सकारात्मक रुपमा बयान गर्ने शब्द शब्दकोषमा पनि भेटिरहेको छैन । अब कुरा आयो पढाईको बुबाकै कारण त आज बुबाकै लागि यी शब्दहरु रच्न किमार्थ छु । बुबा नहुनु हुँदो हो त मलाई पढ्नु पर्छ भन्ने नै कहिले पनि लाग्ने थिएन होला ।

अहिले त अलि ठूलो भए पढे मेरैलागि त हो भन्ने लाग्छ । तर उमेर र काल खण्डले मलाई पढेको त बुबाकै लागि त हो भन्ने बनाउथ्यो । पढाईको मामलामा त म धेरै आभारी छु बुबासङ्ग । उहाँले मलाई त्यो मिडिल क्लासको पिंजडाबाट जत्ती उडाउन सक्नु हुन्थ्यो उडाउनु भयो ।

अब कुरा आयो पूजापाठको ।  मेरो व्याक्तित्वमा नास्तिकता झल्कन्छ रे बुबा सधैँ त्यसलाई आस्तिकता तिर डोर्‍याउन प्रयासरत रहनुभयो । ब्रह्माण्ड परिवारमा जन्मेर चण्डी र बेद त पढ्न जन्नुपर्छ भन्ने बुबाको सिद्धांत छ । त्यसमा हाम्रो केही बैचारिक बेमेल होलान् । तैपनि मलाई भगवानमा बिश्वास नै नभएको कहाँ हो र? हामी भित्र बाहिर अगाडि पछाडी कुनै न कुनै शक्ति त छनै मेरालागि, त्यही शक्ति त हुन् मेरो भगवान, मेरा बुबा !

फादर्स डे भनेर बुबाका लागि केक अडर गर्ने संस्कारमा त म हुर्किन। बुबा पनि साहित्य प्रेमी अनि म पनि । त्यसैले उहाँकैलागि यति शब्दहरु लेखेँ ।

 

 

You May Also Like:

सम्झनामा बा । | कविता | Susan Chapagain [Offline Thinker]

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *