मानव हुँ भनम् कसरी म | Nepali Poem | Jivan Pande

Jivan Pande 
यो समाजमा विविध कारणले
मानव कहलिएको छु
मानवरुपी परिचय नै मैले दिएको छु
तर पनि यो स्वार्थी संसारमा  मानव हुँ
भन्न खोज्दा शब्द नै ओठबाट टाढा भाग्छ
त्यसैले त आज म मानव हुँ भन्न डर लाग्छ ।
यो जीवनमा एक मुठ्ठी सास कहिले सम्म थाहा
छैन कसैलाई,
हरेक पल काट्ने प्रयत्न स्वार्थमै ध्यान छ सबैलाई
रोजेर हिड्छन् अनेकौँ पाईलाहरु मिल्दछ जहाँ धन
कहिले बलात्कार कहिले के अरुलाई मारी लुटी रमाउछ यिनका मन
भन यस्तो अवस्थामा मानव हुँ भनेर भनम् म कसरी?
स्वार्थमै जीवन कटाउने जनातमा भनम् मानव हुँ कसरी?
स्वच्छ सफा पवित्र यी आत्मामा केवल स्वार्थ खराबको राज भएको छ
धर्म छाडी केवल अधर्मीको यत्र तत्र बास भएको छ
स्वार्थीको लागि हराभरा जीवन त दीन दुःखीलाई केवल लास भएको छ
निस्वार्थ साँचो सत्य सबै आज छलकपटको दास भएको छ ।
वचन लगाई सधै दुःख अरुलाई दिन्छन्  सोच्दैनन् मन चित्त दुखाउछ
कस्तो रित्त यो सृष्टिको धर्मी, सत्यता, निस्वार्थीलाई मारी झुटा अधर्मीलाई सँधै लुकाउछ
जन्मदेखि मरणसम्म देख्ने यो संसार चल्न प्रकृतिले सिकाउछ
सहयोगीभन्दा मान्छे आज छलकपट पीडा कष्ट अनि दुखाई दिन रुचाउछ
यस्तो व्यवहार बीच म मानव हुँ कसरी भनुँ?
मानवता नै हराएको देश भेषमा कसरी पहिचान गराऊ?
मानव त हुँ तर जिउदो लास जस्तै छु ।
भाला, हातहतियार साथ हिड्छन् बोकेर जहिल्यै पनि
यो स्वार्थी भावनामा टाढा छैनन् मानव कहिल्यै पनि
दोषी मजाले बाच्छन् निर्दोषीलाई यो दोष खास भएको छ
कुनै पल पाउला न्याय मैले भन्दै बस्ने आश भएको छ
असत्यलाई हाई हाई अनि सत्यताको नास भएको छ
तर पनि खै यो ज्यान के ले बनेको छ कुन्नी सबै सहेको छ
रोगले गलेझैँ मन मुटु तन सबै  वेदनाको पोको भएको छ
स्वार्थीको जमातमा आज न्याय नपाउने जस्तै भएको छ
त्यसैले त दिनाउदिन झन् झन् अपराध बढेको छ
स्वार्थले भरपूर्ण संसारमा कसरी हुँ भनम् म मानव?
भन त कसरी भनम् म?
म कयौं पटक आफैलाई प्रश्न गर्छु,
के म साँच्चै  मानव जस्तो छु त ?
यो संसारमा त मानवता हराइसकेको छ
कसरी म गर्व गरौँ मानव जस्तो छु त?
चेत भएर नि अचेत भइ निर्मम हत्या गर्छन्, कुट्छन्
शारीरिक सुखका लागि आफ्नै छोरीको इज्जत लुट्छन्
यहाँ नाम, रुपको मानव छन् तर मानवता छैन्
त्यसैले मलाई मानव हुँ भन्न आफैमा घिन लाग्छ ।
मानवता नै नभएको सहरमा
भनम् त भनम् कसरी मानव आफैले ।
-Jivan Pande
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *