“अनाथ”— Nepali Poem| Jiban Pande [Offline Thinker]

अनाथ

विवस भई कराउदै छु
हो म एकोहोरो चित्याउदै छु
म त अनाथ भए आमा माया दिने को छ र
भन्देऊ न ए सरकार पर्नु अब म कस्को भर
 
गाऊँका बाँसहरु भन्दा अग्ला छन् घरहरु
आख्ला भन्दा बढी छन् घरका तलाहरु
तर
त्यही सहरको गल्ली गल्लीमा बेघर, भोकै रुँदैछु
गाऊँमा परिवार भए पनि यहाँ अनाथ हुँदैछु
 
 
न आफू दोषी छु न अरु छ झै देख्छु
सधैँ आफ्नो भाग्य खोटी लेख्छु
सडक छेऊमा थुपारिएको फोहोरजस्तै
कुहिरहेछन् यहाँ सपनाका लासहरु
सडक पेटी घर हातको सिरानीसँगै
सपनामा खाएको देख्छु ती अन्नका गाँसहरु
 
दुःख देख्ने मनहरु भेट्नै गाह्रो भयो
मानवता हराउन गयो बाँचेर भारै भयो
धिक्कार छ जन्मजातै सानो अनि गरिबी लेखियो
पटुकी कसी सपनामा टन्न हुँदै निदाएको
म जस्ता हजारौँ आज मृत भेटियो
 

You May Also Like:

 

जन्मदिन नै मरण दिन.…..

जन्मदिन नै मरण दिन | कविता | Jiban Pande | काव्यकुञ्ज कविता प्रतियोगिता

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *