चार साथीको मित्रता | Short Story | Sudip Simkhada

sudip simkhada

म आज अमेरिकाको न्यू योर्क सहरमा दिनरात खटेर आफ्नो जिविका आर्जन गरिरहेको छु।

दिनभरी काममा खट्यो, बेलुका थकाई मार्न एकछिन फेसबुक चलायो। यसो लाइक कमेन्ट गर्छु।  मेरा यहाँका दिनहरु यसरी नै बित्छन्। आज भने बिदा हो तर कुनै निस्चित प्लान छैन| समय बिताउन बगैंचाका फूल हेर्न गएँ।  फूलैफूलका थुंगा देखेर मलाई मेरा साथीहरुको याद आयो- मदन विकास, उज्जलको। समय फेर्केर सम्झिँदा याद आयो कि हामी चार जना समाज कै उदारण थियौं।

हाम्रो मित्रता संसारकै उत्कृष्ठमा पर्थ्यो भन्दा फरक नहोला|

म अझै पनि विकासलाई डेप्लोमेन्ट भनेर बोलाउँछु किनभने हामी वास्तविक नाम भन्दा उपनामले बोलाउन रुचाउँथ्थौँ।

हाम्रो खुबै झगडा पनि हुन्थ्यो। निहुँ भने गर्भवती अन्टीलाई गाडीमा कसले पहिला सिट छाड्ने। त्यो झगडा भनौ वा मुखामुख क्षणिकमै हामी फेरी मिल्थ्यौ। हामी खुसी हुँदाका समय छिटो भुल्छौँ तर झगडा परेका दिनहरु याद गरिरहन्छौँ।

मलाई अझ मेरा सुनौला बाल्यकाल दिनहरु याद आउछन्। हामी एउटाको काम पर्दा अर्कोले सहयोग गर्थ्यौँ। स्कूलमा एकको हाजिरी अर्कोले गर्थ्यौँ। एउटा बिरामी हुँदा अरुले नोट सार्दिन्थ्यौँ। घुम्न जाँदाका ती तस्विरहरु त झन् आँखा रसाउने माध्यम बनेका छन्| हामीले कति रमाइलो गर्थ्यौँ।

हाम्रो मित्रता त्यति गाडा हुँदाहुँदै पनि जिन्दगीले आज हामीलाई कहाँबाट कहाँ पुर्याइसक्यो। के गर्नु जिन्दगी न पर्यो, कहिले तल कहिले माथि हुँदो रहेछ।

मेरो साथी उज्जल ‌‌प्लस टू को अन्तिम परिक्षा दिनु अघि धरहरा चढ्छु भन्थ्यो। नौ तल्ला टुप्पोमा पुगेको उज्जललाई हामीले फेरि कहिल्यै देख्न पाएनौँ। भूकम्प गएको दिन उ त्यहाँ नगएको भए आज हामी सँगै देशविदेश घुमिरहेको हुन्थ्यौ होला। त्यो परिक्षा बीच पनि हामीले परिक्षा दिनुरहेको सम्झिँदा रुन मन लाग्छ।

अरु साथीहरु त्यो घटना पछि सबै कताकता हराए। हामी नेपाल बस्न सकेनौँ। विदेश हुमियौँ।

तर विदेश नि सोचेको जस्तो कहाँ हुँदो हो। साथी विकाश बेलायत गयो। मदन र म अमेरिका आयौँ। सबै राम्रै थियो। हामी जहाँ थियौ खुसी थियौँ।

सयम हुरीले यसरी चल्यो कि सबै फेरी बदलियो। कोरोना कहाँबाट आयो आयो। यसरी आयो कि मेरो साथी मदनलाई नि उज्जल भएको ठाउँ लिएर गयो। म कहिलेकाँही विकाशलाई फोन गर्छु। हामी राम्रा कुरा गरेर कुरा भुल्न खज्छौ तर फेरि दुःखका कुराले छोपी हाल्छ।

सायद जिन्दगी भोला रिजालको गीत जस्तै हो….’कोहि आउनी कोहि जाने न हो’।

यसरी हामी दुई साथी गीत गुनगुनाएर समय बिताउँछौ।

आज समय फरक छ। सबै साम्य हुँदै छ। नयाँ सुरुवाती दिन आउँदैछन्। नयाँ पालुवा पलाउँदै छ।

अनि म मेरो कोठामा फेसबुक चलाएर बसेको छु। अरुको हाँसी रहको फोटोमा लाइक गरिरहेछु। कमेन्ट गरिबसेको छु। विकाश अनलाइन त देखेँ तर आजभोलि यसको व्यस्ताले हाम्रो बोलीचाली छैन। व्यस्ता भनौ वा बाध्यता। बाध्यता भनौ वा विवस्तता।

 

Read More From Sudip Simkhada

 

किन मैलै देशबाट अवकास लिनुपर्यो | Sudip Simkhada

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *