धेरै पछि देखेँ तिम्रो हाँसो
तिमीलाई कस्तो सुहाएको
औंला भाँच्दा वर्षौ पो भएछ
समय बित्ताएको पत्तो नहुने रहेछ
कतै अघि कतै पछि भएनी
दन्त्य लहर मुहारमा खुसी सुहाएको
म सोच्थेँ तिम्रो त्यही हाँसोको मुहान म थिएँ
आज थाहा भयो भ्रममा पो रहेछु
झिल्को लागएको थिएँ कि सायद
मुहान तिमीभित्रै पो रहेछ,
खुलेको यो हाँसो तिम्रो सँधै खुली रहोस्,
खुसीले ती ओठ सँधै फूली रहोस्,
तिमी हाँस्दा राम्ररी कति देखिन्छौ भन्थे म
त्यही हाँसोलाई आज फेरि फेरि हेर्दै छु,
जति हेरे नि पुगेन आज,
कोल्टे फेर्दै पेटभरी हेर्दै छु,
गदगद हुन्छु म मन मनै
लजाउँछु,
कतै कोही मेरो त्यो लज्जा हेर्दैछ कि भनि,
महसुस गरेको छौ तिमीले
यो धड्कने मन आज त्यस्तै हुँदैछ
लाग्छ त्यस्तै आज समिप तिम्रो हाँसो छ झै,
त्यो मुहारमा खुशीका लाहर थपिँदै छ
खुसिमय छ जीवन सायद हाँसी रहन गाह्रो छ,
अफ्ट्यारा पाइलै पिच्छे छ नि बस यात्रा सजिलो बाउनु पर्दछ,
धेरै पछि देखेँ तिम्रो हाँसो
तिमीलाई कस्तो सुहाएको
औंला भाँच्दा वर्षौ पो भएछ
समय बित्ताएको पत्तो नहुने रहेछ
कतै अघि कतै पछि भएनी
दन्त्य लहर मुहारमा खुसी सुहाएको
Read More Nepali Poem From Niraj Itani:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

