के लेखुँ र म खै जीवनका बारे,
मनमा गुम्सी बसेका भावना?
या
तिमीलाई व्यक्त गर्न नपाएका अनेकन चहाना !
सुन्छौ र तिमी ? के मेरो बोली
जीवनका आशा अनि कल्पना,
हाँसो खुसी अनि विडम्बना
बाँचेको छु, छैन भनौं कसरी
स्वास फेरि रहेछु, धड्कन चलिरहेछ,
खुशी छैन भनौं कसरी, अनुहार हाँसी रहेछ,
हेर्दा तिमीले दाँतदेखि रहेछ
पिल्सिएको मकै छाम त्यो भन्दा कम म गुम्सिएको छैन,
भुलाउँ भन्छु तिमीलाई तर सम्झना बल्जी रहेछ मेटिएको छैन
बुझ्दै छु सूत्र जिउने ए जीवन तिमीलाई !
कसरी हो ?
बाँच्ने स्वास फेर्न गाह्रो हुँदा खेरी
हास्ने मन पीर व्यथाले खादिएता पनि
नाच्ने आक्रोशले जीवन भरिएपनि
रम्ने समयले संघर्षको पासों थपी रहे पनि
न डगमगाई हिँड्ने साँघुरो, अफ्ट्यारो जे जस्तो आई परे पनि
ठेगान छैन बाँच्ने मार्ने ए जीवन तिम्रो,
त्यसैले यो मनलाई भन्छु,
समय छ यो साथी,
आजलाई बाँचौं अनि मन खोली हाँसौ
हर एक दिन यही मानसपटलमा राखी
झरी सरी झरेको छ जीवन
झर्दै जाऊँ, बग्दै जाऊँ, लड्दै ठोक्दै अनि ठोकिँदै जाऊँ,
आखिर विलीन त हुनु नै छ,
सके बग्दा जलप्राणीको सहारा बनौं,
सके कुलो हुँदै खेत बारी पसौं पलुवाका रूप फेरौं
सके मुहान बनौं प्यासीको तिर्खा मेटाउँ,
नत्र
निर्जिब नबनौं
नबनौं उग्र रूप
कल्पनामा पनि नबनौं
-Niraj Itani
–