आधारातमै बिउझियेर, अनिद्रामा उठछिन उनी
अनिद्रालाइ ठक्ठ्क्याउदै, ढिकी जातो कुटछिन उनी
अधेरोमै आगन अनि दैलो पोत्न थाल्छिन उनी
यसैगरी सधैभरी आफ्नो पाइला चाल्छिन उनी ।
मिर्मिरे मै गाग्री बोकि, पधेरिमा धाउछिन उनी
उकालो त्यो गाउको बाटो, बल्लतल्ल आउछिन उनी
घाँस, दाउरा र कुडो को काम, भ्याउछिन उनी अधेरैमा
ज्यान गलेर थाकिसक्छ, बिहान को त्यो सबेरैमा ।
घरका सबलाइ खुवायेर, बल्ल खान पाउछिन उनी
खाना साथै आधापेटमै, मेला पातमा धाउछिन उनी
अप्ठ्यारा ले लटपटाउदा, आँसु झार्दै रुन्छिन उनी
सन्तान को एक हासोमा फेरि खुसी हुन्छिन उनी ।
घर फर्की घाँस काटी, भान्सा कै काम गर्न थाल्छिन
यसैगरी हर आमाले, सारा जीवन जगत पाल्छिन
सन्तोषले पिउन पाउन्निन, एक अन्जुली उनले पानी
यसैगरि बित्छ यहाँ, सब आमाको जिन्दगानी ।
-Suman Bhattarai
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments