पहाड, हावा, बग्ने खोलाहरू,
मानौ सबैलाई
उसको कथा थाहा छ।
उसले गाउने गीतहरूको धुन जसले
रातलाई बिऊझाउथे,
निदरीका सपनाहरु आकाशमाथि
रंगसँगै उडान लिन्थे।
उसलाई बुझ्ने प्रयास प्रयासमा नै अतुलनीय,
वर्षौदेखि सिकाइएको भाषाभन्दा उ भिन्न जस्तै
जान्दै नजानेको, सुन्दै नसुनेको।
अतः
यो रूख, बालुवा र छालहरू
उसको आँखाको विवरण र उसको नामको अर्थसँग
नाम अघि नै परीचित ।
एक लापरवाह मन,
तिलिस्मी लहरहरुका तिर्सनामा हिंड्ने उसका
बैरागी पाईलाहरु रुमलिन जहिले
उत्साहित,
मानों, उसको यात्रा
गन्तव्यसम्म पुग्न,
संसारले आफ्नो वेगै फेरिदिने ।
-Aayushma Rajbhandari
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments