बिपिका उत्कृष्ट आख्यान ‘सुम्निमा’ | Suman Bhattarai

सुम्निमा

 

नेपाली साहित्य जगतमा बिर्सन नसकिने नाम “बिपि कोइराला” को एउटा उत्कृष्ट आख्यान हो सुम्निमा ।

आख्यानको पात्र सुम्निमा र सोमदत्तको माध्यमबाट लेखकले जीवनको धेरै जटिल प्रश्नहरुको सहज उत्तर दिएका छन् ।

साधना र तपस्याको लागि वन प्रस्थान गरेको एक ब्राहमण परिवारको प्रसङ्गबाट सुरु भएको उपन्यास ज्ञान, आनन्द , धर्म, सुख दुःख , सन्तान प्राप्ति, वैवाहिक सम्बन्धका उतार चढाव र यौन सम्बन्ध भित्रको व्यवधान, माया मोह र यस भित्रको आरोह अवरोह, जीवनको पुर्णता अपुर्णता, जीवन भित्रका मनोबैज्ञानिक उलझन, मृत्युवरण र त्यसपछी को वन्शवहालीको समस्याहरु बिच लेखकले शब्दबाट सिघौरि खेलेका छन् ।

 

केही प्रशन छाडेका छन् । केही उत्तरहरु दिएका छन् ।

समग्रमा पाठकलाई जीवन बुझ्न् र जिवन्त सम्बन्धहरु बुझ्न सहयोग गरेका छन् ।

एउटा ब्राहमण परिवेशको बालक र किराँती संस्कारमा हुर्किएकी बालिका, सोमदत्त र सुम्निमाको भेटघाटबाट लेखकले दुई भिन्न विचारको भेद छुट्टाउन खोजेका छन् ।

यहाँ सुम्निमा र सोमदत्तको मात्र भेट नभएर एउटा किरात विश्वास र अर्को हिन्दु विश्वास बिच भेट भएको छ ।

जहाँ एउटा विश्वासमा माता प्रधान छन् त अर्कोमा पिता प्रधान । एउटामा पशु र प्रकृति पुजिन्छन् त अर्कोमा स्थापित देउता पुजिन्छ्न् ।

किरात विश्वासमा ‘आनन्द’ शरीर भित्र भेटिन्छ भने हिन्दु विश्वासमा ‘आनन्द’ शरीर भन्दा बाहिर भेटिन्छ ।

एउटामा जीवनको पुर्णता शरिरको पुर्णता र हेरचाहमा भेटिन्छ र अर्कोको जीवनको पुर्णता शरीर भन्दा बाहिर आत्माको शुद्दिमा भेटिन्छ । यसरी लेखकले एउटै परिवेशमा दुई भिन्न पृष्ठभुमि र विश्वासको बाँस रहने कुराको ज्ञात गराएका छन् ।

दुई पात्रमा हुने गरेको वार्तालापमा सुम्निमाको अघि सोमदत्तको स्थिती आदरणीय देखाएका छन् । सायद त्यो स्थिती तत्कालीन समाजमा हाबी रहेको ब्राहमणवाद तर्फ लक्षित छ ।

किशोर अवस्थामा हुर्कदै गरेको सुम्निमाको आकर्षक शरीर प्रतिको मोह र सम्भावित पापको त्रासबाट सोमदत्त टाढा भाग्न चाहान्छ ।

घोर तपस्याबाट इन्द्रियहरुमा विजय प्राप्त गर्न सोमदत्त घर परिवार त्यागी नयाँ मार्ग खोज्न निस्कन्छ ।

 

खुसी इन्द्रियहरु माथिको विजयमा छ या इन्द्रियहरुको माग सन्तुस्टिमा छ? यसै घटनाले उठाएको मुख्य प्रशन हो यो !

 

सुम्निमा: आख्यान मात्र नभएर जीवन दर्शन हो

दृढ अठोट , अथाहा मिहिनेत, लामो समयको घोर तपस्यापछी सोमदत्त घर फर्कन्छ । ततपश्चात वन्सबहालीको लागि उसको विवाह गरिन्छ । सन्तान प्राप्तिको प्रायोजनले गरिएको विवाहमा उनीहरुका सबै उदेश्य विफल हुन्छन् ।

 

कामवाशना शून्य यौन सम्बन्धबाट उनीहरुको उदेश्य परिपुर्ति हुँदैन । बरु जीवनमा मदभेद, वितृस्णा, र अनावश्यक उल्झनहरु मात्र बढ्दै जान्छ । सम्बन्ध शारीरिक, मानसिक होस् या भावनात्मक, प्रेमपूर्ण स्वार्थ र उदेश्यहीन भएमात्र सफल हुने सन्देश लेखकले दिएका छन् ।

सन्तान प्राप्तिको लागि गरिएका अनेकन विफल प्रयास पछि सोमदत्त एकदिन किरात धर्मगुरु (सुम्निमाको हजुरबुबा) लाई भेट्ने मनोसायले किरात गाउँ पुग्छन् । जहाँ उनको मरिसकेको कामवाशना पूर्ण जागृत हुन्छ ।

र सोमदत्तले हराइसकेको सुम्निमा प्रतिको माया, मोह पुरानै स्वरुपमा भेट्छ जसलाई मेटाउन सोमदत्त घोर तपस्यामा थियो । शरीर भित्रको मनुवा रिझाउने क्रममा सोमदत्तलाई आनन्दमय स्थानमा सिगारिन्छ र उसमा जीवन भरिएको छ । यसअर्थमा लेखकले शरिरलाई खुसी पार्नु अतिआवश्यक रहेको ज्ञान दिएका छन् ।

तर सुम्निमा प्रति सोमदत्तको माया हो या मोह? बिपिले एउटा टड्कारो प्रश्न दिएका छन् । के मोह यति बलशाली छ जसलाई कठोर साधनाले पनि मनबाट त्यसको बास हटाउन असम्भवप्राय छ? या के त्यो माया हो जसबाट जति टाढा भागे पनि टाढिन सकिँदैन ?

साथै सोमदत्तको कठिन दामपत्य जीवन औल्याउँदै बिपिले पति पत्निबिचको वैमनस्यता र मनमुटाबको पराकाष्ठा देखाएका छन् ।

र सम्बन्धमा आउने उत्कट समस्याका कारण थिए अप्रासंगिक मनोव्याख्या र व्यग्र शंका ।

 

र सन्तानको जन्म उपरान्त पनि पति पत्निको प्रतिकुल सम्बन्धको आफ्ना सन्तानमा नकारात्मक असर पर्ने देखाएका छन् ।

सोमदत्तले आफ्नो अन्तिम सास सुम्निमाको अघि फेर्छ ।

 

सोमदत्तको पुत्र सुम्निमाको छोरीसङ्ग प्रेमबाट वैवाहिक बन्धनमा बाँधिन पुग्छ । सन्तान र पारिवारिक सन्तुष्टि सोमदत्तको छोराले आफ्नो बुबाको भन्दा बढी भोग गर्न पाउछ ।

कारण: उसले आफ्नो प्रेमलाई पछ्याउन सफल भयो । आफ्नो खुसी आफ्नै शरिरमा खोज्यो ।

 

र बिना प्रायोजन निस्वार्थ वैवाहिक सम्बन्धमा बाँधियो । त्यसैले उसको खुसीमा अन्तरजातीय विवाहले रत्तिभर फरक पारेन ।

तसर्थ सुम्निमा एउटा आख्यान मात्र नभएर जीवन दर्शन पनि हो । बिपिले धेरै उल्झनका गाठाहरु सोमदत्त र सुम्निमाको माध्यमबाट सजिलै फुकाइदिएका छन् ।

 

हामी सबैले पढ्नै पर्ने पुस्तक हो सुम्निमा ।

 

 

 

 

सुमनका अन्य लेख पढ्नुहोस्-

 

मौलिकता गुमाउँदै नेपाली गाउँहरु

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

2 Comments

  • […] January 25, 2021 POEM By Sulochana Adhikari म अनि मभित्र लुकेको मेरो परिचय कस्तो भएछ, धेरै आँखा, देखिने  फरक फरक चेहेरा हरेक चेहेरामा मेरो छुट्टै स्वरूप तर मैले चाहि सधै बोकेको त्यही ‘म’ तर पनि केही नभई केरिदिन्छन् आफै अनेकौ ‘तँ’ का काहानीहरू नाम मेरो एउटै हुन्छ तर बुझ्ने चाहि फरक फरक हेराई बल्ल बुझ्दै छु म ‘म’ भित्र त आखिर कति ‘तँ’ बनाइएछ हरेकले उठाउने प्रश्नको लागि मेरो एउटा छुट्टै ‘तँ’ वाला जवाफ पो रहेछ विवेकका पानामा छरिएका रहेछन् मेरा धेरै थरी ‘तँ’ रूपी गुलालहरू फरक फरक पारामा बुनिएका रहेछन् मेरो व्यवहारको अस्तिवहरू तर, म त त्यहि ‘म’ नै हुँ जुन मलाई थाहा छ जुन सायद मैले मात्र चिनेको छु, साँचचै एउटा प्रश्न चाहि सोध्न मन लाग्छ अरूलाई, ती ‘म’ रूपी ‘तँ’हरुमा खोई कसरी मलाई पायौ? नजरको धोका सोचको दागलाई कसरी स्वीकार्यौ? म त यहि यहि ‘म’ सँगै छु जस्तो लाग्छ यहि ‘म’ नै म हुँ जस्तो लाग्छ कि मलाई नै थाहा छैन त्यो ‘म’ हराएको? You may also like: […]

  • […] सुमन भट्टराईका अन्य लेख पढ्नुहोस्ः […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *