म मेरो ‘म’ अनि अरूको ‘तँ’ | कविता | Sulochana Adhikari

म मेरो
म अनि मभित्र लुकेको मेरो परिचय
कस्तो भएछ,
धेरै आँखा, देखिने  फरक फरक चेहेरा
हरेक चेहेरामा मेरो छुट्टै स्वरूप
तर मैले चाहि सधै बोकेको त्यही ‘म’
तर पनि केही
नभई केरिदिन्छन् आफै
अनेकौ ‘तँ’ का काहानीहरू
नाम मेरो एउटै हुन्छ
तर बुझ्ने चाहि फरक फरक हेराई
बल्ल बुझ्दै छु म
‘म’ भित्र त आखिर कति ‘तँ’ बनाइएछ
हरेकले उठाउने प्रश्नको लागि
मेरो एउटा छुट्टै ‘तँ’ वाला जवाफ पो रहेछ
विवेकका पानामा छरिएका रहेछन्
मेरा धेरै थरी ‘तँ’ रूपी गुलालहरू
फरक फरक पारामा बुनिएका रहेछन्
मेरो व्यवहारको अस्तिवहरू
तर,
म त त्यहि ‘म’ नै हुँ जुन मलाई थाहा छ
जुन सायद मैले मात्र चिनेको छु,
साँचचै
एउटा प्रश्न चाहि सोध्न मन लाग्छ अरूलाई,
ती ‘म’ रूपी ‘तँ’हरुमा खोई कसरी मलाई पायौ?
नजरको धोका
सोचको दागलाई कसरी स्वीकार्यौ?
म त यहि यहि ‘म’ सँगै छु जस्तो लाग्छ
यहि ‘म’ नै म हुँ जस्तो लाग्छ
कि मलाई नै थाहा छैन त्यो ‘म’ हराएको?
You may also like:

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *