मनको कहिं कतैबाट आएको सोच | Sulochana Adhikari [Offline Thinker]

anishatamang277@gmail.com
 

मनको कहिं कतैबाट आएको सोच

मेरो कोमल हातहरुमा
तिम्रो नामको मेहेन्धी लगाएर
जब सज्जिएर बस्नेछु
सोच्ने छु किस्मतले होइन
मायाले हामी एक भएका हौँ।
 
आँखामा गाजल लगाएर
जब ऐना हेर्ने छु
त्यो आँखामा बिहेको दिन रोएपछि
तिमीसँग जीवनभर
खुशी भई हाँस्ने
सपना देख्ने छु।
 
जग्गेमा लगनगाँठो कसेर
जब हामी सात फेरा लिएर अगाडि बढ्छौँ
सात जुनी थाहा छैन प्रिय
तर यो जुनीमा साथ नछोड्ने
यो जिम्मा मेरो पनि भयो।
 
तिम्रो नामको सिन्दुर जब
सजिदै गर्छ मेरो सिउँदोमा
सोच्ने छु तिमी मेरो हौ
मेरो परिवार मेरो मान्छे
मलाई बुबा दाई भाई झै माया गर्ने
र जिन्दगीभर तिमीलाई चाँही माया गर्ने
यो जिम्मा मेरो भयो।
 
बिहेमा कन्यादान पछि
बुबा आमाले दिनुभएको त्यो हात
तिमीले थमाएका मेरा ती हातहरू
त्यसलाई निभाउने जिम्मा
मेरो पनि भयो।
 
जीवनमा तिम्रो जब
एउटा नयाँ जिम्मेवारी थपिदै हुन्छ
गार्हो हुन्छ भनी नसोच्नु प्रिय
तिमीसँग गरेका हरेक बाचा
निभाउने जिम्मा मेरो पनि भयो।
 
बिहेपछि तिमीसँग तिम्रो घर जाँदा
तिम्रो हात समाई
तिम्रो घर प्रवेश गर्दा
लक्ष्मी भित्रेको नसोच्नु प्रिय
म त्यही घरको छोरी हुँ
त्यो घरलाई आफ्नो बनाउने
जिम्मा मेरो पनि भयो।
 
तिम्रो आँशुको साहारा पनि म
तिम्रो खुशीको कारण पनि म
सधैँ हाँसीखुशी जीवन बिताउँला
प्रयास गर्ने जिम्मा मेरो पनि भयो।
 
बस जीवन भरीको साथ देउ प्रिय
तिम्रो परिवार आफन्त
अनि तिमीलाई आफ्नो बनाउने
जिम्मा मेरो भयो।
 
Image by shamsaabid786
 

You May Also Like:

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *