“अलिअलि महसुस गर्दै” | Anup Thapa

महसुस गर्दै

ओल्टाइपल्टाइ गर्दै बितिरहे जिन्दगीका पानाहरु
टिप्दै फाल्दै त फालेका टिप्दै गर्छु शब्दका दानाहरु
सुकेका पात सरि झर भने त खरानी भै उडि जा
अलिअलि महसुस गर्दै छु मैले थरिथरिका तानाहरु।।

हरेकका सामु शिर झुकाइ बचाएका सब नाताहरु
हातमा हात राखी खाएका अनमोल वाचाहरु
हरेक समस्याको सामना गर्दै अघि बढ्दै आएँ
अलिअलि महसुस गर्दै छु मैले पसिनाका थोपाहरु।।

बैँसको तालमा नाचिरहेका कोमल ती पातहरु
सम्झना छन् रोइकराइ गरि बिताएका ती रातहरु
कति पर्खिए कति सम्झिए तिमी र तिम्रो प्रेम झन्
अलिअलि महसुस गर्दै छु मैले मायाका भावहरु ।।

हजार मान्छेको हजारौं सपनाले भरिएका सहरहरु
एक एक गरि ढुङ्गा र सपना गन्दै बसेका ती बगरहरु
आतिन्छ कहिले यो मन होला कि नहोला पूरा भनी
अलिअलि महसुस गर्दै छु मैले रहरको लहरहरु।।

कसलाई के भन्नु छ्न् सबका आ-आफ्नो रजाइँ
पैसाले नै आखिर बनायो आफ्नालाई पराइ
के लिएर आयो के लिएर जाने हो यो जिन्दगीमा हेर
अलिअलि महसुस गर्दै छु मैले यो यात्रामा हराइ ।।

Image by Daniel Reche 

You may also like: 

विकल्प खोइ ? जनक कार्की | Offline Thinker

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *