आत्मद्रोह
आमाको कोखदेखि लिएर मृत्युको काखसम्म
समय संघर्ष मै बितेका छ्न्
उतार चडाव धेरै भए ता पनि
सन्तुष्ट रहेन मन
व्याकुलताले हरपल सताइरहने
“अरुले के भन्ला?” भन्ने कुशब्दले
सधै मन छुने।
अहँ, परिपक्व हुन मैले
खै कहिले जान्दै जानिन
समयले बताएको, मनले चिताएको
केही गरि पनि मान्दै मानिन
जीवनमा हार, कर्मको भार
यो काधले उठाउन सकेन
परिस्थितिसङ्ग लड्ने तागत
शरीरमा रहेन।
हजारौं मानिसको भिडमा
हराए झै लाग्छ
यो कठिन यात्रामा हरपल
रोइ कराइ गरे झै लाग्छ
उलटपुलट भएको छ समय
किन हो किन कहिले
देह त्यागौ-त्यागौ जस्तो लाग्छ।
अरुको त के कुरा यहाँ
आफूले आफूलाई शत्रु मानिसकेपछी
सोच हरबखत नकारात्मक नै आउने
क्रोध, ईर्ष्याले मनलाई ओगटिसकेपछि।
दिक्क भएँ यो जीवनदेखि म
वाक्क भएँ मसङ्ग घटेका घटनादेखि म
कुनै चेतना नै बाँकी छैनन म भित्र
बिलाई सकेँ म शून्यको आकारभित्र।
आत्मा र शरीरलाई छुट्याउने प्रयासमा छु
त्यसको लागि हिम्मत अझै संकलन गर्दै छु ।
भो पुग्यो मलाई, चाँहिदैन संसार अबबाट
भो पुग्यो मलाई, गर्दिन अब कर्महरु
भो पुग्यो मलाई, जगाउँदिन मनमा भक्ति भावहरु
भो पुग्यो मलाई, टेक्दिन संघर्षमा पाइलाहरु
नदुख्ने गरी त्यागी जान्छु सबै नाताहरु।
परमआनन्दको अनुभव गर्न जाँदै छु
म पाप गर्न जाँदै छु,
आफूलाई नै शत्रु मानी
म आत्मद्रोह गर्न जाँदै छु ।
कम्जोर आत्मविश्वास र आत्मबल,
घृणित आत्मसम्मानले निम्त्याएको
आत्महत्या हो यो।
Disclaimer: All the words expressed are writer’s own and do not represent the opinion of any entity whatsoever with which anyone is harmed or affected. In such case, it will only be coincident and we won’t take any responsibility of action ahead.
You may also like to read:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com


1 Comment