Suman Bhattarai

Book Review Suman Bhattarai Nawaraj KC

स्वस्पर्श: कालो बादल फार्ने सेतो सूर्य ! | Book Review | Suman Bhattarai

  कर्णालीमा हुर्केको एउटा डाक्टर, जसले देश र विदेश दुवै पढ्यो ! सुख र दुःख सबै बुझ्यो !  जीवनलाई रङ्गहरूमा जाँच्यो, बाँच्यो अनि आफ्नै माटोमा फर्कियो। आफ्नो बाको अर्ती मानेर आफ्नै बाटोमा फर्कियो। तीनै डाक्टर नवराज केसीको दोस्रो पुस्तक हो स्वस्पर्श !  आशा प्रेरणा र खुसीका कथा: स्वस्पर्श ! राम्रा किताबहरूले मन दुखाउने र बुझाउने […]

Suman Bhattarai Happy Birthday

‎द बर्थडे केक ! | Suman Bhattarai | Birthday Cake

‎द बर्थडे केक ! | Suman Bhattarai | Birthday Cake ‎”माथि अर्को बच्चा रोएको आवाज आयो। उनले काखको बच्चा भुईँमा पल्टाएर अर्को बच्चा फकाउन गइन्। झिँगा आएर जीवनको नाक-मुखमा बस्न थाले। तर उनले आफ्नो हातले झिँगा धपाउन पनि सकेनन्। रुन थाले। उनी नआउँदासम्म हामीले झिँगा हम्किदियौ र अमिलो मन बोकेर काप्रीको उकालो चढ्यौ।” ‎ करिब […]

suman bhattarai

Nepali Poem | समाज र सत्य ! | Suman Bhattarai

    Nepali Poem | समाज र सत्य ! | Suman Bhattarai ‎ जीवन जोगाउन छोडेर ‎ जब, समाज सालिकहरू ‎ जोगाउने रिले रेसमा दौडन्छ ‎ तब समाज पछाडि रहन्छ ! ‎ उसले दौडको सम्झौतामा ‎ सालिकलाई किस्ती राखेर ‎ जीवन गुमाएको हुन्छ ! ‎ ‎ भ्रम र आक्रोशको आवेगमा ‎ जब, समाजले घरहरूमा आगो […]

Suman Bhattarai Nepali Poem

Nepali Poem | कोसेली ‎| Suman Bhattarai

‎कतै; कहिल्यै र कसैबाट ‎नछिचोलिएको एउटा् देहात हुनु.. ‎हरियालीका माझ ‎बोटको पहेलो पात हुनु ; ‎अर्थहीन र रंगहिनताको ‎एक्लोपनको आफुमा मात हुनु ! ‎सबै, नित्य लाग्छन ! ‎आड छुटेपछि मान्छेलाई ‎विडम्बनाहरू नित्य लाग्ने रहेछन्। ‎ ‎प्रकृतिको घमण्डमा ‎मैले मेरो बसन्तलाई जान दिएछु ! ‎त्यसैले, प्रिय मान्छे ‎ऋतुहरू बुझ्नु ‎रितहरूमा रुझ्नु ‎र कोसेलीमा बसन्त बोकेर ‎चाँडै […]

Suman bhattarai Offline Thinker

प्रिय मान्छेलाई एक अन्तिम लेख | Suman Bhattarai | Nepali Writer

  प्रिय मान्छे, जो छुट्यौ हत्केलाका रेखाहरूबाट फेरि स्पर्श नहुने गरी ! जो छुट्यौ निधारका रेखाहरूबाट फेरि मिलन नहुने गरी ! जो छुट्यौ, प्रभातको मीठो सपनासरी ! जो प्रतिघातको गोरेटो पहिल्याएर छुट्यौ । जो आशाको सगरमाथाको आरोहण यात्रामा तल धकेली दिएर छुट्यौ । छुटेर जाने प्रिय मान्छे, तिम्रो  नाममा आज एक कलम अभिवादन- एक डायरी […]

Suman Bhattarai Nepali Poem

Nepali Poem | प्रश्न ? | Suman Bhattarai

  निस्पट्ट रातको अँध्यारो अनि एकलासको सुनसानको लयमा गहिरिएको निद्रा बिथोल्न तिमी सपनामा सजिव भएर सधैँ आइरहँदा !… घामले उदाउने बाटो खोतल्दै गर्दा.. मिर्मिरेको किरणलाई उछिन्ने तरखरमा तिमी सपनाभरी रंगिन भएर छाइरहँदा !… तिम्रै सपनाले बारम्बार निरन्तर र तारन्तार सताइरहँदा.. आजभोलि एउटै प्रश्नले मुटु बेजोड खाइरहेको छ ! प्रिय मान्छे, के तिमी सन्चै त छौ? […]

suman bhattarai Offline Thinker

आफैसँगको मीतमा! | Suman Bhattarai | Nepali Writer

  “सिमलीको भुवा बतासिएर कहिले वल्लोछेउ त कहिले पल्लोछेउ दौडिरहेछ! म पनि त्यतिकै हलुका हुन पाए? जिन्दगीको फेजफेजमा फरकफरक बोझ र भारी बोकेर मौलोसरी टुलुटुलु वेदना खपि हेर्नभन्दा सिमलको रुखको हलुका भुवा भएको भए, बेजोड बतासिन पाइने थियो! कसोकसो मलाई भुवासँग डाहा जागेर आयो।” “आहा! जून कति राम्रो; टाढा हुँदा टाढै राम्रो। आधा हुँदा आधै […]

suman bhattarai

Nepali Poem | मन | Suman Bhattarai

मन कहिलेकाही जब चोटहरु: खोटहरु घातहरु र प्रतिघातहरु… मन दुखाइ मन बिझाइ र आशुका रुझाइहरु… सपनाका इच्छा विपनाका अनिच्छा र सँगैका सन्ताप र पश्चतापहरु.. सबै मिलेर जीवनलाई एकैसाथ ढाल्न गाल्न: लडाउन र हराउन थाल्छन् .. म आडहीन: सारहीन र बहारहीन हुन पुग्छु ! तब: खै किन ? म अनायास तिमीसँग मन दुखाउन थाल्छु !   […]

Suman bhattarai Offline Thinker

मायाको कन्चनजंगा ! | Suman Bhattarai

(तपाईंले आफ्नो जीवनमा भोगेका अविश्मरणीय क्षणलाई Offline Thinker मा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोला। Offline Thinker मा तपाईंको लेख, रचना, कविता, जीवन भोगाइ र सफलताका कथाहरूलाई प्रकाशनको लागि उचित स्थान दिइने छ।  हाम्रो इमेल connect.offlinethinker@gmail.com हो )    प्यारो मान्छे, छुट्नु त छँदैछ ! यहाँ रात पनि मिर्मिरे प्रकाश भेटेपछी छुटिजान्छ । फेरिनु पनि […]

suman bhattarai Offline Thinker

कर्णालीका सुखहरु ! | Karnali | Suman Bhattarai

(तपाईंले आफ्नो जीवनमा भोगेका अविश्मरणीय क्षणलाई Offline Thinker मा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोला। Offline Thinker मा तपाईंको लेख, रचना, कविता, जीवन भोगाइ र सफलताका कथाहरूलाई प्रकाशनको लागि उचित स्थान दिइने छ।  हाम्रो इमेल connect.offlinethinker@gmail.com हो )  बाहिरबाट कर्णाली घुम्न जाने धेरैले आँखा अघि कर्णाली बगेको हेरे, थोरैले मात्रै आँखैमा कर्णाली बगाए ! यी […]

Suman Bhattarai Offline Thinker

ए डिलु कान्छा ! | Suman Bhattarai

ए डिलु कान्छा ! जसको बारेमा लेख्न थालेको छु । उनी कुनै विशेष पात्र होइनन् । न समाजको लागि न उसको परिवारको लागि ! सायद स्वयम् आफैलाई पनि ! मैले सुनेसम्म उसको नागरिकता पनि छैन । त्यसैले उसको नाम आजसम्म कुनै सरकारी ढड्डामा लेखिएको छैन । उसलाई उसको आफ्नो नाम पनि लेख्न आउदैन । त्यसैले […]

suman bhattarai

अब सुमनले लेख्छ ! | Suman Bhattarai

अब सुमनले लेख्छ ! म गाउँ जादा पाइतला नफुटेका गोडाहरु आजसम्म भेटेको छैन्। उनीहरूको निधारको रेखामा त्यही लेखिएर आएर पनि होला, हातका रेखाहरुलाई सधै दुःखका फोकाले छेकी मात्रै राख्छन् । मेरा गाउलेका आँखाहरु पनि खडेरीको खेतझै सुक्खा भइदिए पनि त हुने । तर गाउँमा उल्टो छ । खेतमा हुनुपर्ने रह आँखामा छ । अनि आँखामा […]