Suman Bhattarai

Book Review

युगान्त | Yuganta | Book Review by Suman Bhattarai

युगान्त | Yuganta | Book Review by Suman Bhattarai मानव इतिहासमा महाभारतको विशेष महत्व छ । विशेषत पूर्वीय सभ्यतासँग महाभारतको अविच्चिन्न सम्बन्ध छ। अझ नजिकको कुरा: हाम्रै समाजका हरेक धार्मिक अनुष्ठान र धार्मिक सत्संगहरुमा महाभारतको प्रसङ्गहरु जहिल्यै आउँछ। यद्यपि हाम्रो समाजमा महाभारतको छेउछाउमा किताबहरु कमै लेखिएका छन् । हामी महाभारतको सतही किनारमा तैरिनु बाहेक यसको […]

भतेर

आधुनिक भतेर | Suman Bhattarai

गाउँ सहरमा सबैभन्दा उल्लास लाग्ने शब्द हो भतेर। उराठ पलहरुलाई हर्षमा बदल्ने मौका हो भतेर। केही साल पहिले र अहिले भतेरको शैलीमा र माध्यममा व्यापक परिवर्तन हुँदै आएको छ । पहिले भतेर लगाउँदा समाजका गन्ने मान्ने मान्छेहरु जम्मा भइ अर्जोपर्जो जुटाइन जाइपर्थे। अनुकुल स्थान रोजेर लगाइनथ्यो भतेर। जहाँ कतै गुन्द्री कतै चकटी र कतै स्याउली […]

विगतमा हराउँदा | suman bhattarai

विगतमा हराउँदा ! Suman Bhattarai | Offline Thinker

विगतमा हराउँदा चराहरुको चिरबिर, तुवालोले ढाकेको पारी डाँडा, बादलले डुम्म छेकेको घाम, काँडा उमार्ने सिरसिरे चिसो बतासमा रम्दै स्मृतिमा हराउँदा लाग्छ जीवन भनेकै विगत हो । केही छुटेको पल हो । गुमाएको तीता मीठा विपना हो । समय पनि कस्तो बेगवान है ! कति छिटो छाडिदिन्छ हामीलाई पछाडी । कति छिटो बनाइदिन्छ हामी एकाअर्कालाई बिरानो […]

दुःखको महासागर

वेगबहादुरः जसको बुढेसकाल दुःखको महासागर बन्यो | सुमन भट्टराई

वेगबहादुरः जसको बुढेसकाल दुःखको महासागर बन्यो स्याङ्जा जिल्लाको गल्याङ बजारबाट केही घन्टा उकालो लागेपछि आउँछ तिन्दोबाटे गाउँ । जहाँ छन् करिब ४० घर । र त्यहाँ छ एउटा विद्यालय, व्यवस्थित पानी पधेरो, दुईटा चौपारी, तिनटा मन्दिर र चार घरानाको कुलथान । साथै चितडाँडा लाग्दै गर्दा, गाउँको पुछारमा छ हर्कबहादुरकी आमाको स्मृतिमा बनाइएको पौवा । गाउँको […]

Suman Bhattarai

उनी, म र मेरो डायरी २ | सुमन भट्टराई | Offline Thinker

उनी म र मेरो डायरी- भाग १ ढल्किदो रात; अगाडि एक कप चिया, वरिपरि माथि उड्दै गरेको चुरोटको एक सर्को धुँवा, आँखा अगाडि डायरी र एउटा कलम अनि मस्तिष्क भरी उनका यादहरु ! लाग्छ जीवनको अस्ली मज्जा यसैमा छ । यो अवस्थिती उत्कृष्टताको पूर्ण प्रारुप हो । र यसका अगाडि संसारका सबै अनुभवहरु फिक्का छन् […]

पुस्तक

नेपाल विद्या; नेपाल बुझाउने पुस्तक | Book Review | सुमन भट्टराई

भनिन्छ, इतिहास विगत मात्र नभएर वर्तमान पनि हो र भविष्यको मार्गनिर्देशक। त्यसैले कुनै पनि देशको वर्तमान बुझ्नका  लागि, त्यस देशको विगत बुझ्नु आवश्यक छ । केदार वशिष्ठको पुस्तक “नेपाल विद्या” ले नेपालको इतिहासलाई नजिकबाट नियालेर बुझ्ने मौका दिएको छ । इतिहासको अध्ययनबाट अनेकन ज्ञान दिएको छ । वर्तमानमा जिम्मेवारीको बोध गराएको छ । र भविष्यका […]

समावेशीता

वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता किन?

चल्तिको चालचलनले अपेक्षित नतिजा दिन नसकेपछी विकल्प खोजिनु आम प्रचलन हो । यो प्रचलन जीवनको हर क्षेत्रमा लागु हुन्छ । जस्तै चल्तिको खेतीले माग अनुरुप उत्पादन दिन नसकेपछी वैकल्पिक खेतीको विस्तार गरिदैछ । प्राकृतिक उर्जाको अत्याधिक प्रयोगले निम्त्याएको समस्याकै कारणले वैकल्पिक उर्जाको विस्तार गरिदैछ । यसरी हामी जीवनमा सुधार ल्याउन हरक्षण विकल्पको खोजी गर्छौँ । […]

समावेशीता

समावेशीता: ट्रेन्डिङ राजनीतिक एजेन्डाका अन्योलका कारणहरु

विभिन्न जातजाति, भाषाधर्म, र विविध रीति तिथि, चलनचल्ती र संस्कृतिहरुको समायोजनले एउटा पुर्ण समाज बन्छ । यसरी विविधतापूर्ण थुप्रै समाजहरुको समायोजनले एउटा देश बन्छ । त्यस्तै बहुभाषा, बहुधर्म, बहुसंस्कृतिहरुको बाहुल्यता भएको देश हो नेपाल । हाम्रो देश नेपाल १२५ जात र १२३ भाषाको सङ्गम स्थल हो । तर, के समाजमा भएको विविधतालाई नेपालले सम्मान गर्न […]

सुम्निमा

बिपिका उत्कृष्ट आख्यान ‘सुम्निमा’ | Suman Bhattarai

  नेपाली साहित्य जगतमा बिर्सन नसकिने नाम “बिपि कोइराला” को एउटा उत्कृष्ट आख्यान हो सुम्निमा । आख्यानको पात्र सुम्निमा र सोमदत्तको माध्यमबाट लेखकले जीवनको धेरै जटिल प्रश्नहरुको सहज उत्तर दिएका छन् । साधना र तपस्याको लागि वन प्रस्थान गरेको एक ब्राहमण परिवारको प्रसङ्गबाट सुरु भएको उपन्यास ज्ञान, आनन्द , धर्म, सुख दुःख , सन्तान प्राप्ति, […]

गाउँ

मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई

मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई सन २०१८ सम्मको तथ्यांक अनुसार देशको कुल जनसंख्या मध्य ८०.२६ प्रतिशत जनसंख्या गाउँमा बसोबास गर्छन् । नेपालका गाउँहरुनै हाम्रो चिनारी हुन् । हाम्रो पहिचान हुन् । विकेन्द्रित वस्ती, बहुभाषिक, बहुसास्कृतिक समाज, बहुआयामिक परम्पराहरुको मिलन, प्राकृतिक स्रोत साधनको भरिपूर्णता नेपाली गाउँहरुको विशेषता हो । हिमाली, पहाडी, र तराईका गाउँहरुको […]

तिमी म

तिमी, म र तिम्रा यादहरु | Suman Bhattarai

तिमी, म र तिम्रा यादहरु जीवनमा भेटिन्छन् हजारौं बटुवाहरु ! केही परिचित त केही अपरिचितहरु । त्यसरी नै भेटिएकी हौ तिमी ! जीवनको अविरल यात्रामा भेटिने आम अपरिचित जस्तै। तर तिमी भेटिनासाथ म आफू, आफूसङ्ग अपिरिचित भएको हुँ, किनकी म म नभएर तिमी पो भए ! तिमी र अरुमा फरक यतिमात्र छ कि अरु भेटिएपछि […]

भतेर

धर्सो | सुमन भट्टराई | Offline Thinker

धर्सो तिमी र म बिच एउटा सानो धर्सो छत्यही धर्सोमाएकोहोरो महसुस गरिएको अपमान छसमयलाई जित्ने एउटा अभिमान छप्रेममा कंकाल भइसकेको मेरो स्वाभिमान छहो त्यही धर्सोमातिमी र म बिच केही व्यक्तिहरु छन्मुटु पोल्ने गरी दिएका अभिव्यक्तिहरु छन्मेरा कमजोरी छन्तिमीसँगका कुरा मनभरी छन्समयसँगका उतावचढाबहरु छन्मनमा खेल्ने प्रेमका अनेक बहावहरु छन्हो त्यही धर्सोमाकेहि तिम्रा त, केही मेरा गल्तीहरु […]