Nepali Poem | पाहुना | Suman Bhattarai
तिमी नआइकनै तिमीलाई नभनिकनै रित्तो कोठा जस्तो मेरो मनमा तिम्रा यादहरू बसाई सर्न आएका छन्। बाँसुरी र सारंगीको धुनले बादलमा ढाकिएको जूनले चरीहरूको चिरबिर र झ्याउँकिरीको किरबिरले डोहोर्याउँदै ल्याएका ती फरार यादहरू फेरी आफ्नै घर फर्किएछन्। जसरी बगैँचाको फूल मालीको नभएर डालीको हो त्यसैगरी तिम्रा यादहरू पनि तिम्रै हुन्। अत्यास लाग्दा भनिदिनू आएकै बाटो पठाइदिनेछु […]

