Suman Bhattarai

suman bhattarai

पहिलो प्रेम | Suman Bhattarai

प्रेम कसैका लागि भोगाइ । कसैका लागि रोजाइ । कसैका लागि फगत एक अनुभुति ! मेरा लागि प्रेम के? मेरा लागि, प्रेम त्यही चुरोटको धुवा ! जून, आफू वरपर रहँदा आनन्द ! तर जब आँखामा पर्छ, आँखा पिरोल्न थाल्छ । प्रेम ठ्याक्कै त्यस्तै । प्रेम फेरि आँधीखोला जस्तै । उर्लन्छ: सुक्छ । घट्छ: बढछ । […]

Suman Bhattarai

मन | Suman Bhattarai

कलम चलाउने हातले हो । तर, सायद यी हातहरु चलाउने मनले हो । नभए, मैले लेखेका हर हरफमा किन झुल्किन्थियौ तिमी यसरी ? तिमीले आफूलाई नियाल्न सायद ऎना हेर्छौ । मेरा आँखाले तिमीलाई नियाल्न तिम्रो तस्वीर हेर्छ । र मनले नियाल्नु पर्दा, डायरीमा लेखिएर लुकेका हरफ हेर्छ । कस्तो गज्जबको चिज रहेछ है, यो मन […]

Suman Bhattarai

रहर | Book Review | Suman Bhattarai

आख्यान अहिले हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । समाजको चरित्र, चित्र, व्यक्तिगत भोगाइ, बुझाइ, सुख, दुःख र जीवनको हर आयाम यसमा समेटिने भएकाले आख्यान प्रतिको रुचि बढ्दो छ। विगतको दशक आख्यान लेखनको क्षेत्रको लागि विशेष रह्यो । अग्रज र युवा लेखकले समाज र साहित्यलाई सँगै डोर्राइ यसलाई नयाँ उचाइमा पुर्याएका छन् । यसै सन्दर्भमा […]

Suman Bhattarai

चुरोट र धुँवा साहित्य | Suman Bhattarai

जीवन एक अर्थमा धुँवा हो। केही समयपछी बिलाउनैपर्ने । अर्को अर्थमा जीवन चुरोट हो। जसको अस्तित्व क्षणमा निहित हुन्छ । कसैले धुँवामा केवल धुँवा देखुन। चुरोटमा देखुन केवल चुरोट । तर म दुवैमा जीवनको अर्थ देख्छु! बाँकी देख्नेको नजरिया। देवकोटाले धुँवामा जीवन देखे बाँकी दुनियाँले त्यही धुँवालाई देखे उनको मृत्युको कारण ! त्यही बहुरुपी नजरबाट […]

विगतमा हराउँदा | suman bhattarai

यादहरुमा पूर्णविराम | Suman Bhattarai

सायद भेटिनु र छुटिनु हाम्रो हातमा छैन । भाग्यले नै हामीलाई भेटाउँछ, अनि छुटाउँछ । भेटिनु र छुटिनु बीचका कर्म मात्र हाम्रा हातमा हुन्छन्। तर सायद मात्र ! संसारमा बिरलै यस्ता चिजहरु होलान जुन अनन्त होलान्। प्राण र निस्प्राण वस्तु दुवैको आयु छ। छोटो आयु छ। अझ सम्बन्धहरुको धेरै छोटो छ ! यद्यपी यसका क्रिया […]

Suman Bhattarai

बौद्धिक लुटतन्त्र, निरीह बुद्दिजिवी | Suman Bhattarai

विश्वमा हरेक देशसँग आफ्नो मौलिक सांस्कृतिक पहिचान, भौगोलिक अवस्थिति, फरक समाजिक रीतिथिती परम्परा, भाषा र भेषभुषाहरु हुन्छ । यी सबै विषयले देशको विशिष्ट पहिचानको प्रतिनिधित्व गर्छ। देशको राष्ट्रियताको आकार र आधार निर्माणमा टेवा पुर्याउछ। देशले अर्को एउटा पृथक सम्पत्ति बोकेको हुन्छ। बौद्धिक सम्पत्ति!  यसले देशको विगत, वर्तमान र भविष्यको मार्गचित्र पहिल्याउछ। देशलाई सहि दिशामा डोर्याउने […]

Suman Bhattarai

कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai

कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai गाउँभरिका कथा खोज्न हिडेको म। गाउँभरिका व्यथा टिपेर फर्किए । आफ्नो कथाको पात्रमा गाउँलाई समेट्न हिडेको, उल्टै गाउँको कथामा समेटिएर फर्किए ! एउटा दोसाध लिएर फर्किए कि जीवन, जीवन हो या हो कथा ? या हो व्यथा ? लाग्छ हामी सबै एक कथा जीवन बाँच्दै छौँ […]

Suman Bhattarai

राजनीतिक र सामाजिक घटनाहरु नियाल्न ‘असहमति’ | Suman Bhattarai | Book Review #1

राजनीतिक र सामाजिक घटनाहरु नियाल्न ‘असहमति’ | Suman Bhattarai | Book Review #1 लामो समयदेखि स्तम्भ लेखनमा सक्रिय “सौरभ” एउटा परिचित नाम हो। अखबारे लेखनबाट उदाएको यो नाम अहिले पुस्तकको माध्यममा चर्चामा छ। समाजमा स्थापित मानकहरु, बद्लिदो राजनीतिक र समाजिक परिस्थिति र अनेकन ट्रेन्डिङ एजेन्डामाथि गरिएका उनका खरो टिप्पणीबाट उनी चर्चित छन्। २०४६ साल यताका […]

Suman Bhattarai

उज्ज्वल दाइलाई सम्झिदा | Suman Bhattarai

आजभन्दा करिब चार वर्ष अगाडि +2 पढ्दै गर्दा साथी सुदर्शन पोख्रेलले सुनाए, ‘उज्ज्वल र रबिन्द्र बुटवल आउदै छन्।’ कताकता नाम सुनेको, फेसबुकमा देखेको, कहिलेकाहीँ पत्रिकामा पढेको व्यक्तिहरुको नाम सुन्नासाथ मेरा पाइलाहरु घरमा अडिन मानेनन् । मन र आँखा दुवैले उनीहरु दुबैलाई हेर्ने रहर गर्यो । हामी दुई जानै लाग्यौँ ‘रोज पार्टी प्यालेस’ जहाँ विवेकशील साझाको […]

Suman Bhattarai

मृत्यु के हो? | Suman Bhattarai

मृत्यु के हो? | Suman Bhattarai मृत्यु: एकचोटी उदाएपछी अस्ताउनै पर्ने घामको अर्को रुप । जीवनको अन्तिम गन्तव्य र भ्रमरुपी जीवनको शाश्वत सत्य ! मृत्यु प्रश्न र उत्तर दुबै हो । एउटा यस्तो बिन्दु जहाँ राजा:रङक हरकोही एक समान रहन्छन् । एउटा यस्तो सन्ताप: जो कसैको लागि असह्य पीडा बन्छ त कसैको लागि रमिता ! […]

Suman Bhattarai

तिमी | Nepali Poem | Suman Bhattarai

तिमी | Nepali Poem | Suman Bhattarai तिमी नियालेर हेर्दा समयको वेग जस्तै: जुन रहदैन कहिल्यै काबुमा मस्तिष्कमा लुकेका स्मृति जस्तै: जो सँगै रहे नि भेटिन्न आफूमा । तिमी दुर क्षितिजको सूर्य जस्तै: जो नजिक देखिए नि टाढा रहन्छ सुन्दर गुलाफको फूल जस्तैः जसलाई पाउन बाधामा: काँडा रहन्छ । तिमी ढिपिक्क बल्ने बत्ती जस्तैः जसमा […]

Book Review

युगान्त | Yuganta | Book Review by Suman Bhattarai

युगान्त | Yuganta | Book Review by Suman Bhattarai मानव इतिहासमा महाभारतको विशेष महत्व छ । विशेषत पूर्वीय सभ्यतासँग महाभारतको अविच्चिन्न सम्बन्ध छ। अझ नजिकको कुरा: हाम्रै समाजका हरेक धार्मिक अनुष्ठान र धार्मिक सत्संगहरुमा महाभारतको प्रसङ्गहरु जहिल्यै आउँछ। यद्यपि हाम्रो समाजमा महाभारतको छेउछाउमा किताबहरु कमै लेखिएका छन् । हामी महाभारतको सतही किनारमा तैरिनु बाहेक यसको […]