Nepali Poem | रंगमंच र हुस्सु | Suman Bhattarai

suman bhattarai

Nepali Poem | रंगमंच र हुस्सु | Suman Bhattarai

कस्सम
घामको, जुनको र सारा धर्तीको
हुस्सुले ढाकेको खोच
जस्तैः भएको छ मेरो मस्तिष्क
जसले दृश्यमा केवल हुस्सु मात्रै देख्छ !
एउटा सम्झनाको हुस्सु
एउटा कल्पनाको हुस्सु
तिम्रा ती शान्त नयनहरुको हुस्सु
त्यो सादा मुस्कानको हुस्सु
एउटा रंगिन जोवनको हुस्सु !

ढाटेको भए अहिल्यै मरिजाउ
मेरो मन अहिले रंगमंच भएको छ
जहाँ तिमी हरदम नाचिरहन्छौ
जहिल्यै म संगै हुन्छौं !
म अहिले, त्यही रंगमंचको दर्शक हुँ
जसले मुटुमा सदैव
तिमी नाचिरहेको स्टेज बोकेर हिडछ ।

 

Read More Nepali Poem From Suman Bhattarai:

-कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *