Nepali Poem | बालापन | Binod Bhattarai

binod bhattarai Offline Thinker
आगनमा डुल्दै कहिले, कहिले कोठा चोठा
लाउँछु नाना, ताता न्याना सानासाना भोटा
मुसुमुसु हाँसिदिन्छु, रुन्छु कहिलेकहिले
मलाई कुनै चिन्ता छैन, जिन्दगीमा अहिले
जालझेल थाहा छैन, म हु संग्लो पानी
बोलिदिने सत्य कुरा, मेरो राम्रो बानी
माटो पनि साथी मेरो, ढुंगा पनि साथी
मेरा बाला जीवन जस्तो, कसको होला जाती
लेखक : बालकवि विनोद भट्टराई
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *