मन
कहिलेकाही
जब चोटहरु: खोटहरु
घातहरु र प्रतिघातहरु…
मन दुखाइ
मन बिझाइ
र आशुका रुझाइहरु…
सपनाका इच्छा
विपनाका अनिच्छा
र सँगैका सन्ताप र पश्चतापहरु..
सबै मिलेर जीवनलाई
एकैसाथ ढाल्न
गाल्न: लडाउन र हराउन थाल्छन् ..
म आडहीन: सारहीन
र बहारहीन हुन पुग्छु !
तब: खै किन ?
म अनायास
तिमीसँग मन दुखाउन थाल्छु !
Read Poem Written by Suman Bhattarai:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments