Nepali Poem | समाज र सत्य ! | Suman Bhattarai

suman bhattarai

Nepali poem offline thinker

Nepali poem offline thinker

Nepali poem offline thinker

Nepali poem offline thinker

Nepali poem offline thinker
Nepali poem offline thinker

 

 

Nepali Poem | समाज र सत्य ! | Suman Bhattarai

जीवन जोगाउन छोडेर
‎ जब, समाज सालिकहरू
‎ जोगाउने रिले रेसमा दौडन्छ
‎ तब समाज पछाडि रहन्छ !
‎ उसले दौडको सम्झौतामा
‎ सालिकलाई किस्ती राखेर
‎ जीवन गुमाएको हुन्छ !

‎ भ्रम र आक्रोशको आवेगमा
‎ जब, समाजले घरहरूमा आगो झोस्छ
‎ सहरहरू भत्काएर
‎आगोको मुस्लोमा परिवर्तन खोज्छ !
‎तब समाज पछाडि रहन्छ।
‎उसले परिवर्तन नपाएर
‎परिवर्तनको खरानीमा मात्रै चित्त बुझाउँछ ।

‎सुख, दुःखका वेदनाहरू
‎र आँसु मुस्कानका संवेदनाहरू
‎समाजले बिर्सेर
‎जब बन्दुकको नालमा प्राण खोज्छ
‎गोली गाँठा र बारुदमा त्राण रोज्छ!
‎तब समाज पछाडि रहन्छ ।
‎उसले विकासको सुगन्ध पाउँदैन
‎विनाशको दुर्गन्धमा मात्रै चित्त बुझाउँछ !

‎आफूलाई नबुझेर
‎जब समाज अस्पष्टताहरूमा अल्झन्छ;
‎तब सत्य, ज्ञान र ज्योति
‎उसले भिडहरूमा खोज्छ !
‎हल्लाहरूमा तथ्य खोतल्छ
‎र चिच्याहटहरूमा शान्ति बटुल्छ !
‎तब समाज पछाडि रहन्छ ।
‎असत्यको पर्दामा ढाकिएर
‎जुग बिताउन चित्त बुझाउँछ ।

‎त्यसैले प्राय,
‎एक्लै हिँड्न नसकेर, निसन्ताप;
‎समाज भिडहरूमा मिसिन्छ
‎सत्य एक्लै छुट्टिन्छ:
‎प्राय एक्लै छुट्टिन्छ !

 

Read Poem Written by Suman Bhattarai: 

 

Read More Travel Stories From Offline Thinker:

 

 

Read More Nepali Story at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *