कतै; कहिल्यै र कसैबाट
नछिचोलिएको एउटा् देहात हुनु..
हरियालीका माझ
बोटको पहेलो पात हुनु ;
अर्थहीन र रंगहिनताको
एक्लोपनको आफुमा मात हुनु !
सबै, नित्य लाग्छन !
आड छुटेपछि मान्छेलाई
विडम्बनाहरू नित्य लाग्ने रहेछन्।
प्रकृतिको घमण्डमा
मैले मेरो बसन्तलाई जान दिएछु !
त्यसैले, प्रिय मान्छे
ऋतुहरू बुझ्नु
रितहरूमा रुझ्नु
र कोसेलीमा बसन्त बोकेर
चाँडै फर्कनु !
म पालुवा फेर्ने आशामा
जवानीको दोबाटोमा
तिमीलाई कुरीबसेको छु।
मलाई एकपल्ट पुनः
हरियो हुन मन छ।
Read More From Suman Bhattarai:
Table of Contents
Read Poem Written by Suman Bhattarai:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

