Nepali Poem | प्रश्न ? | Suman Bhattarai

Suman Bhattarai Nepali Poem

 

निस्पट्ट रातको अँध्यारो
अनि एकलासको सुनसानको
लयमा गहिरिएको निद्रा बिथोल्न
तिमी सपनामा
सजिव भएर सधैँ आइरहँदा !…

घामले उदाउने
बाटो खोतल्दै गर्दा..
मिर्मिरेको किरणलाई
उछिन्ने तरखरमा
तिमी सपनाभरी
रंगिन भएर छाइरहँदा !…

तिम्रै सपनाले बारम्बार
निरन्तर र तारन्तार सताइरहँदा..
आजभोलि एउटै प्रश्नले
मुटु बेजोड खाइरहेको छ !
प्रिय मान्छे,
के तिमी सन्चै त छौ?

 

Read Poem Written by Suman Bhattarai: 

 

Read More Travel Stories From Offline Thinker:

 

 

Read More Nepali Story at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *