सुनसान रातमा आफैलाई नियाल्दै छु
मेरो रुप कुरूप भएकोमा दुःख मनाउ गर्दै छु
चस्स दुःखी रहेछ, टुक्रेको शरीर देख्छु जतातता
कहाँ जाउँ भन्दै हिंडीरहें यताउता
पर कतै कोहि देखिए जस्तो लाग्यो
एकता एकता भन्दै नजिकै आइपुग्यो
मैले सोधेंँ कस्तो छौ फेरिएछौ तिमी?
चिन्नै नसकी उसले उल्टै सोध्यो को हौ तिमी?
प्रश्न सुनी झन् डाहा गर्यो आँसु झरयो
मन भारि भयो थाम्न सकिन भक्कानो फुट्यो
आज आफ्नै सन्तानले आमा चिनेन
मलाई एक गर्नेले नै आज ठम्याएन
स्वयम्भुबाट बुद्ध आत्तिदै आए
प्राणहिन परेवा भुइमा राख्दै ग्यांग फाईटको कथा सुनाए
पछी पछी शान्ति आउदै थिइन्
दुब्लाएर सिट्ठी नचिनिने भइछिन
शान्तिलाई सोधेँ बिकासको कस्तो छ ?
ठूलो भयो कि त्यो अझै सानै छ ?
आँसु खसाली भन्छिन् त्यो मर्यो अर्को गर्भमै तुहियो
अशान्तिले विनास जन्मायो ठूलो अजंगको भयो
उठें त्यहाँबाट हिडें अधैर्य भइकन
विरानो लाग्न थालेछ आफ्नै रनवन
अलिपर विमानस्थल पुगी हेरिरहें वरिपरी
विदेशिन ठिक्क परेका नेपालका थुप्रै तन्नेरी
एकैछिन रोकी सोधेँ विदेश किन जादै छौ ?
मलाई के दिएकी छौ र जाने बेलामा रोक्छौ ??
मैले भने सानो छँदा खाने पानी दिएँ
अन्न दिएँ हावा दिएँ बस्ने वास दिएँ
गरि खाने ठाऊँ दिएँ पहिचान बनाउने नाऊ दिएँ
बरु तिमीले मलाई के दियौ र मलाई सोध्छौ मैले के दिएँ ??
-Aruna Gyawali