मेरा बा अनि बा को अलि अलि खुइलेको तालु
त्यो त्यसै खुलेको छैन
बा अनि बा को मोटरसाइकल
अनि हाँडीगाउँको उकालो बिर्सेको पनि छैन
बाले घुम्न जाँदा कोरिदिएको कपाल
फेरी स्टाइल पारि घुमारिदिएको मेरो जुल्फी
बाटो काट्दा समातेको बा को हात
हिजै जस्तो लाग्छ
बा को त्यो भूतको कथा
सुन्दै निदाएको
पशुपति लगि हरेक कुरा
कथा हाल्दै बुझाएको
अझै बच्चै छु भान हुन्छ
बा को हातमा टल्केको
सिकोको घडी
त्यो घडी हेरी स्कूल कुदेको
त्यो सम्झनाको भकारी
खेलेर फर्किंदा बाको गाली
“तेरो खुट्टो कुकुरले नि खाँदैन”
खुट्टो दिएको कुकुरले नखाएको
सम्झिदा हाँसो लाग्छ
गुच्चा खेली घर फर्किदा
खाएको सिस्नो पानी
जिउ अहिले पनि सिरिङ्ग हुन्छ
तर बाको माया असाध्यै छ
सम्झिदा यी सब
बा अझै लक्का जवान लाग्छ
तर आज बालाई हेरें
बुढा फुलेछन्, चाउरी परेछन्
अलि अलि खुइलेको तालु
अब पुरै खुइलेछन् खाजा खाने बेला बाले भुक्के रोटि बनाको
त्यसको मिठास अझै जिब्रो टुप्पोमा छ
त्यो पंचमिको दिनमा कर्कलो गाभा पकाको
त्यस्तो अरुले कहाँ बनाउन सक्छ
मलाई अझै पनि मेरा बा
उस्तै छन् झैँ लाउछ
फोन गरि के गर्दै छस भात खाइस भन्दा
उही सानै बेलाको झल्को आउछ …………..
-Aruna Gyawali

