बन्दी घाम र कुरुवाहरु | कविता | Saroj Uddipt | काव्यकुञ्ज कविता प्रतियोगिता

Saroj Uddipt

सम्भावनाको ढोकाबाट
अलिकती चिहाएर हेर्दा
देखिन्छन् –
– उल्लासका असंख्य खजानाहरु
– मानवताका निर्भय लामहरु
– जीवनका मागपत्रहरु

त्यही ढोकाबाट
अलिबढी चिहाएर हेर्दा
देखिन्छन् –
– विश्वासका सुन्दर बागहरु
– समृद्धिका सुनौला हिमालहरु
– उज्यालोका सहस्र नदिहरु

यतिबेला लाग्छ –
लामो दुश्चक्रबाट जागृत हामी
लोलाइरहेका छौं अझै
सम्भावनाकाे ढोका अगाडी
लाग्छ –
सम्भावनाकाे ढोका उघार्न
काँपीरहेका छन् हाम्रा हातहरु

जस्तो कि
कुनै कलिलो कन्चटमा
राइफल दाग्दा पनि
काँप्दैन आतंकीको मुटु
तर
काँप्छ हात –
ति स्वास्थ्य स्वयंसेविकाको
जो
पिलाउँदैछिन् भिटामिन क्याप्सुल
लाग्छ –
ठिक त्यसरीनै काँपिरहेका छन् हाम्रा हातहरु

भन्नुस् न,
अझै कति कँपाइरहने – हाम्रा हातहरु ?
अझै कति पर्खने हो – साइत ?
सम्भावनाको ढोका उघार्नका लागि ।

-Saroj Uddipt

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *