पानीको प्यास लिएर
आगो
पस्दै छ-
-भर्जिन मुटुभित्र
-कलिलो विश्वासभित्र
सावधान प्रेमीहरु !
१+१=१ को
तिम्रै शुत्र प्रयोग गरेर
डढाउन सक्छ –
-प्रेमको मानक परिभाषा
-सपनाको घर
तिमी भित्रको कुनै एक मुटु
अङ्गार बन्नु अगाडी
यो सम्झनु –
“यो `स्वयम्´ लाई प्रेम गर्ने समय हो ।”
-Saroj Uddipt
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments