सम्बन्ध | Nepali Poem by Jeewan Khadka

Jeevan Khadka
subin bhattarai ijoriya

Nepali Poem by Jeewan Khadka

मैले ‘हामी दश वर्ष अघि एक्कासी भेटियौ, नजिकियौ अनि अझैसम्मसँगै छौ’ भन्ने एक जोडी भेटेको छु।

मैले दश वर्षका जोडीले फेसबुकमा ‘आइ लप इयु’ भन्दै पोस्ट गरेको पनि देखेको छु।

muflar pradip rodan ad

मैले अस्सी वर्षीय हजुरबाको कथा पनि सुनेको छु। ‘अस्सी वर्षको भए। अझै मैले मेरी बुढीलाई र मेरी बुढीले मलाई पालेकी छे। हामी अझैसँगै घाँस काट्न जान्छौ।’

मैले सम्बन्धमा अस्सी दिन पनि सँगै बस्न नसकी, कथा बुन्नु अघि छुट्टिएका जोडीको व्यथा देखेको छु।

सबैका आँखा उही तर-

सँगै हुनेका आँखामा संतुष्टि र हर्षको भाव र

छुट्टिएकाहरुका आँखामा गुनासो र झर्न नसकेका आँसु थिए।

माया बिना जिन्दगी अधुरो रहन्छ भन्छ्न्।

त्यसको अर्थ-

के जिन्दगी आफूमा चाहिँ अधुरो छ भन्न खोजिएको हो र? कि,

माया मात्र एउटा त्यस्तो कुरा हो जसले जिन्दगीलाई पूर्णता दिन्छ भन्न खोजिएको हो?

या माया र जिन्दगी एकअर्काका परिपुरक हुन भन्न खोजिएको हो?

मेरा हरेक ‘K’ मा ‘issess’ थपेर अर्थपूर्ण गराउथी, जिन्दगी सायद माया बिना अर्थहिन छ कि?

मेरो एउटा भाग अब सधै उसैसँग हुनेछ। भनेसी मायाले त पूर्ण जीवनलाई अधुरो गरायो कि?

उ र म एकअर्कासँग साँचो त कहिले हुन सकेनौ भने एकअर्काको परिपुरकको त कुरै आएन।

मेरा लागि मायाको पर्यावाची उसको नाम थियो, र मायाको परिभाषा उ,

मेरो सपना उसको आकाशमा उड्ने सपना पूरा हुँदा साँची हुनु थियो, र जीवनको अस्सी वर्ष उसँगै बाँचिरहनु थियो।

मलाई मैले उसँग सुनेका वा उस्का कारणले सुनेका सबै गीत उ बिना पनि सुन्नु छ,

उसले गर्दा सुरु भएका मेरा कविताहरु, मलाई उ पछि पनि लेख्नु छ, रिस पोख्न नभइ माया दर्शाउन।

मलाई उसले जस्तै मान्छे अनुसार मायाको परिभाषा लगाउनु छैन,

मलाई उसले जस्तै आफूसँग कुनै कुरा लुकाउनु छैन।

मलाई उसलाई सम्झिनु नि छैन, र बिर्सिनु पनि छैन,

मलाई अब उ मा हराउनु पनि छैन, र कतै माया शब्द सुन्दा डराउनु छैन।

मलाई अब बाटो काट्दा कसैका लागि पनि गाडी पट्टी उभिनु छैन,

मलाई अब कतै पनि छिटो पुगी, कसैका लागि पनि केही बेर रोक्किनु छैन।

हुन त मलाई उसको आवाज पनि सुन्नु छैन,

तर आँखा सुतिसक्दा पनि नसुतेको उसको मनले मुखलाई उठाइ पठाएको भोइस मेसेजलाई नाइ भन्न सक्दिन,

अनि हरेक रात दोहोर्‍याएर सुन्छु।

उसलाई त थाहै छ, म सहजै केही कुराहरुलाई नाइ भन्न सक्दिन,

र उ मलाई बाहेक अरुलाई नाइ भन्न सक्दिन।

Photo by Liza Summer

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *