भिडै भिडको
सहरमा
हराइरहेकी
थाहा छैन
जिउँदो छु कि
जिउँदो लास
यहाँ केही महसुस हुँदैन ।
थाहा छैन
खुशी छु कि दुःखी
मान्छेको भिडमा
अनायासै
मुस्कुराउनु पर्ने
अनि
एक्लै हुँदा अनायासै
आँसु झर्ने
केही अनुभूति हुँदैन यहाँ।
गुनासो त धेरै थियो
तर अफसोस्
मान्छेहरु यहाँ
शब्द पढ्छन्
भाव बुझ्दैनन्
बोली सुन्छन्
तर मौनता बुझ्दैनन्।
एक थान रित्तो गोजी
अनि अनगिन्ती रहरबीच
खुसी खोज्दा खोज्दै
समय बित्दो र’छ
अनि
भविष्य खोज्दा खोज्दै
जिन्दगी
-Punam Thapa Gaihre
Read More From Anushma Dhungel:
Read More Nepali Poem at Offline Thinker:
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments