गजल | Pari Vikram

nepali poem Pari Vikram
गजल
कति हुन् नि हाय, यो गर् भन्ने राय
कुनै कामका फेरि छैनन् उपाय
तिनै नेत्रका आँसु नै मेरो व्यय हो
त्यो ओठकै हाँसो हो मेरो आय
कति प्रेम गर्छौ भनी केले जाँच्नू ?
हृदय नै भो तिम्रो त्यही थ्यो निकाय
के के हुन्छ भन्दै सन्देह गर्छौ ?
नदीको के हुन्छ किनारा सिवाय
तिमीलाई भेट्न कहाँदेखि आएँ
मेरो बालहठको के दिन्छौ सजाय
✍ परिविक्रम
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *