Nepali Gajal | Pari Vikram

nepali poem Pari Vikram

Table of Contents

गजल

आमाको कति मान्‍नु सधैँ खै अँगालो जस्तो
आफ्नो बनाउन सकिनँ कहिल्यै अँगालो जस्तो
मेरो जस्तो अँगालो खोज्दै किन हिँड्छ्यौ के
मेरै त अँगालो रहेन, मेरै अँगालो जस्तो
दुइटा छातीका मुटु, मुटुमा छोइनुपर्छ
ठान्यौ, छाती मात्रै छोइँदै अँगालो जस्तो
सबका हुन सक्छन् एउटा छाती, दुइटा हात
तर सबका हुन सक्दैनन् है अँगालो जस्तो
आज तिमी सम्झिएँ चितामा जल्दै गर्दा
कस्तो न्यानो रहेछ तिम्रै अँगालो जस्तो
✍ परिविक्रम
२०७८.११.२८

मान्छेहरू त भन्थे – सजिलो छ प्रेम गर्न
मलाई, धोकै दिन पनि गाह्रो लागिरहेछ
✍ परिविक्रम

गजल

छन् बुद्ध बुद्ध भेला एकपल्ट सोच्नुपर्छ
सार युद्ध निस्किएला एकपल्ट सोच्नुपर्छ
न्यानो अँगालोमा नि, रुझ्छन् भने परेला
यो प्यार हो कि खेला एकपल्ट सोच्नुपर्छ
यो जिन्दगानी बारे सोच्नै छोडेछु मैले
कसले बताइ देला – एकपल्ट सोच्नुपर्छ
मद्दत नसोची माग्न सक्ने भए पो साथी
जरुरत परेको बेला एकपल्ट सोच्नुपर्छ
साँचोको पक्षमा त एउटै छ काफी भन्थ्यो
गर्दैछ किन त मेला एकपल्ट सोच्नुपर्छ
कतिपल्ट सोच्नुपर्छ व्यापार गर्न कुन्‍नि
तर प्यार गर्ने बेला एकपल्ट सोच्नुपर्छ
किन सोच्ने हो र धेरै, यो मृत्यु सृत्यु बारे ?
एकपल्ट पर्छ फेला एकपल्ट सोच्नुपर्छ
✍ परिविक्रम

 

 

 

Read More nepali poem collection From Pari Vikram:

 

 

Read More From Offline Thinker:

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *