दिगो युद्ध | Nepali Poem | Pari Vikram

nepali poem Pari Vikram
विवाहमा
दुई मन जोडिन्छन्
दुई घर जोडिन्छन्
तर जब जात, धर्म बीचमा आउँछ
तब विवाह एक युद्ध बनिदिन्छ ।
जहाँ,
हारे भने पुरै हार्नेछन्
जिते भने पनि आधा जित्नेछन्
केटीको घर केटाको ससुराली हुनेछैन
केटाको ससुराली हुनुपर्ने घर केटीको माइत हुनेछैन
भएर पनि नभएको
केटाको ससुराली अनि केटीको माइत
भएर पनि हुने छैन तिनका केटाकेटीको मामाघर
यसरी स्पष्टसँग
आधा जित र आधा हार बुझेर पनि
किन जन्मिरहेका छन् योद्धाहरू ?
✍परिविक्रम
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *