गजल | Pari Vikram || Nepali ||

nepali poem Pari Vikram

जले बारीमा खर, त्यो खरको कुरा हो

धुरीमा जलेपछि त घरको कुरा हो

सँगै साथमा छैन तर साथमै छ

सँगै बस्ने छैनन्, त्यो अर्को कुरा हो

नदीको रहर या विवशताको होइन

हिजोको किनारा बगरको कुरा हो

कसिङ्गर बिझेको नजरले के बुझ्ला ?

परेली बिझेको नजरको कुरा हो

ज-जसले फुलाए, तिनैले निमोठे

सुक्यो फूल सोचेर घरको कुरा हो

 परिविक्रम ( Pari Vikram )

 

Read More From Pari Vikram:

 

तिमी अचेल पहिले जस्ती छैनौ | Pari Vikram | Nepali Poem

 

Read More From Offline Thinker:

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *