याद छ साथी? | Yp Junior

Yp Junior

सँगै भाडाकुटी खेलेको
याद छ साथी?
मनका कुरा एक अर्कालाई भनेको
याद छ साथी?
अरुले जे भनुन् जस्तो भनुन् त सधैं खास छस् साथी

मन नहुँदा नहुँदै
तेरैलागि स्कुल आएको याद छ साथी?
पाछाडी बसी खाजा साटासाट गरि खाको
याद छ साथी?
पारससँग मान्छे नाङ्गै देख्ने चस्मा छ रे
भन्दै गुफ सुनाको याद छ साथी?
सरले जे भनुन् जस्तो भनुन् त सधैं खास छस् साथी

एस.एल.सी आयो राम्रो पढ भन्दै गाली खाको याद छ साथी?
पड्न जाने भन्दै घुम्न गको याद छ साथी?
चिट बनाउन हाम्मे हाम्मे हुँदा हुँदै किताब नै लगेको याद छ साथी?
पास मात्रै हुदा नि सर्वश्व भएझै नाचेको याद छ साथी?
सँगैकाले जे भनुन् जस्तो भनुन् त सधै खास छस् साथी

आज भन्दा ४ महिना अघि मैले बाइक किन्दा
सबैभन्दा सुरुमा तैले कुदाको याद छ साथी?
गर्लफ्रेन्ड भेट्न होस् या कहि जाँदासँगै गएको याद छ साथी?
हाँस्दै रमाउँदै बस्दै खेल्दै कुदेको याद छ साथी…?

एकाबिहानै तेरो घर जाँदा मेरो बाइक त्यो ठूलो ट्रकसँग ठोकियो। एक्कसी खै के भयो के भयो थाहा नै भएन। कसले मलाई हस्पिटल पुर्यायो? सायद तँ नै थिइस् कि? आँखा अलि अलि खुल्का थियो मेरा। तँ, तेरी आमा, मेरी आमा, अनि एउटा कालो मन्छे थियौ त्यहाँ। त्यो मान्छेको हातमा ठूलो भाला थियो। उसले मलाई हान्यो अनि मलाई तान्यो। तैंले हात पक्डेको थिस् त्यसैले जान मन थिएन तर जबर्जस्ती लग्यो खै कहाँ किन….

धेरै टाडा छु
सम्झना छ मन भरी
याद आउँछ तेरो सधै भरी
सँगै घुमेका ती पलहरुको
माया छ साथी

यो चिठी केवल तेरोलागि तारामा बसेर लेखेको हुँ।

 

उहीँ तेरो,

यो उहीँ मेरो ठूलो दाजुको लागि

 

Read More From Yp Junior:

सपनाको सुट्केस | YP Junior | Nepali Poem

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *