मुनामदन | Dipendra Giri | Nepali Poem

Dipendra Giri

साच्चै बुढी,

मुनामदन मरेका छैनन्
हो …..साँच्चै… बुडी मुनामदन मरेका छैनन्
उनीहरू झै पिंजडाको सुगाझै कैद भएर
दशकौ पुराना पुस्तकहरूमा बाँचिरहेको छन्
अनि बाँचिरहेको छन् हरेक नेपालीको मनमस्तिष्कमा
हो साँँच्चै बुढी
मुनामदन मरेका छैनन्।
आहो दुर्भाग्य
उनीहरू त्यहाँबाट निस्किएर आफ्नो दुनियाँमा रमाउन पाएको छैनन्
उनीहरू त्यही कैद पुस्तकको सहारामा दोहोरिएको त्यही पानाहरूमा रमाउँदै छन्
साच्चै बुढी,
मुनामदन मरेका छैनन्
भावीले लेखेको उनीहरूको
सुनौलो जीवन छोडेर
देवकोटाले लेख्नु भएको
वियोगको जीवन उनीहरु बाँचिरहेको छन्
हामीझै हरेक बिहानको नयाँ कथा लिएर जाग्दैनन् उनीहरू
सूर्यको न्यानो घाम ताप्दैनन् उनीहरू
उनीहरू अक्षरको न्यानो ताप तापिरहेछन्
किताबको पाना-पानामा बाँचिरहन्छन्
साँच्चै बुढी
मुनामदन मरेका छैनन्
जिवित छन्
अमर छन् ती हरेक वाणीहरुमा
अनि अमर छन् त्यही किताबहरूमा
साँच्चै बुढी
मरेको छैन मुनामदनहरू
उनीहरू अझै अमर छन्।।।

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *