बिहान उज्यालो हुँदादेखि
राती अधेरो हुँदासम्म, एक्लै
बसिरहेछु।
किन हो किन कसको यादमा
डुबेर,बस्ने गरेछु।
खै मलाई जन्माउने ईश्वरकै,
आदेशमा हिड्ने विचार
गरेछु।
उहाँकै भावनामा डुब्ने ,
भावनात्मक कुरा गरेछु।
म एक्लै बसेर फत्फताउन
लागेछु।
एकान्तमा बसी कुरा नियाल्न
थालेछु।
म एक्लै बसी कसैको यादमा
डुबेछु।
Read More Nepali Poem by Anish Adhikari:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

