एक तर्फी प्रेम | Anish Adhikari | Nepali Poem

Top 5 Tools and Apps for Writers

त्यो प्रेम कस्तो जुन एक तर्फबाट नै होस् ।
तिम्रो मुटु उसको लागि जिज्ञासा नै रहोस् ।
जो सिङ्ग्ल छ उसलाई थाहा छ एक तर्फ माया
कस्तो हुन्छ भनेर, सोच्न नसक्ने भनेर
जुन जति दिएता पनि साकिन्न भनेर
उसको समय अनुसार झन् प्रेम बढदै जान्छ भनेर
उ मुस्कुराउदा तिमी पनि मुस्कुराउदै बस्न सक्छौ होला।
उसलाई दु:ख ,पिर चोट पर्दा
तिमीलाई नि मन चिसिक्क हुन्छ होला ।
उसले अगाडिबाट हेर्दा नजर लुकाएर अन्त तिर हेर्ने गरेको छौ होला
उसले अन्तै हेर्दा तिमी उसलाई आँखा मिलाउन खोज्छौ होला
उसले कसैलाई समातेर हिंड्दा
आफूसँग हिंडेको सोचाइमा पर्‍यौं होला
तिम्रो म्यासेज को रिप्लाई गरे नगरेपनि
उसको लास्ट म्यासेज त तिमीले हेरै कै होला।
उसको आँखामा आँशु आउदा
उ तिम्रो काखमा बसिरहेको देख्यौ होला
उसले आफ्नो फेसबुक स्टाटस् अरुलाई समर्पित गर्दा
त्यो तिमी आफूलाई ठान्ने होलाउ
जब उ निराश हुन्छे तिमीलाई रुन आउछ होला
उसको निराशाको कुरा जान्न खोजीमा हुन्छौ होला
जुन एक तर्फ प्रेम नै होला त्यो कसैलाई मिल्दैन
मिल्नेछ केवल जसको भाग्य बलियो हुन्छ होला
तिम्रो मन र मुटु उसको लागि सधैं खोजीमा हुन्छ होला
एक तर्फ प्रेम नै यस्तो प्रभावकारी हुन्छ होला
यसमा तिम्रो प्रेमलाई कसैले रोक्न सक्दैन होला
जुन समयसित नि घट्दैन, झन् बढदै जान्छ होला।।

 

Read More on Offline Thinker:

NOSTALGIC FEELING | Poem by Monalisa Parida

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *