Nepali Poem | उड्ने फूल किरा! | Kismat Neupane

nepali poem
जसरी बगैंचामा फूलहरूको रङ्गीचंगीले मन लोभ्याउँछ, त्यस्तै गरी फुरुङ्ग पार्छ पुतलीहरू उडेको दृश्यले।
यो फूल फुलेको मौसममा रंगिन फुलहरुको रस चुस्न थुप्रै रंगीचंगी पुतलीहरु देखा पर्छन्। त्यो बखत पुतलीहरुको हर्कत देख्दा मनका सारा दुःख हराएर मन नै आनन्दित हुने गर्छ।
उडान रत्न (flying gems)को रूपमा चिनिने पुतली किरा वर्गको सामान्य रूपले हरेक ठाँउमा पाइने प्राणी हो। याे धेरै सुन्दर तथा आकर्षक हुन्छ। विश्वमा ८ हजार प्रकारका पुतली पाइन्छन् भने नेपालमा मात्रै ६६९ प्रकारका पाइन्छन् । जसमध्ये ८ प्रकारका पुतली विश्वमै नपाइने छन्। नेपालमा मात्र पाइने पुतली पोन्टिया शोपा हो। यसलाई सबैभन्दा धेरै आँखा भएको जीव पनि भनिन्छ।
पुतली दुई किसिमका हुन्छन्। दिनमा उड्ने र रातमा उड्ने। दिनमा उड्नेलाई दिनचर भनिन्छ र रातमा उड्नेलाई निशाचर। यिनीहरूको परागसेचनमा पनि ठूलो महत्व हुनका साथै तिनीहरु जैविक विविधताका आविन्न अंग पनि हुन्।
नेपालमा पुतलीको अध्ययन गर्ने अगुवा बेलायती नागरिक कोलेन स्मिथ अर्थात् पुतली बाजे हुन्। हाल उनी पोखरामा बस्छन्। ब्रिटिश नागरिक कोलेन स्मिथ युनाईटेड मिशनमार्फत सन् १९६६ मा शिक्षणका लागि नेपाल आएका थिए।
पुतलीको बासस्थान संरक्षण गरेर रङ्गीविरङ्गी पुतली राखेर प्लानेटरियम बनाउन सकिन्छ। बढ्दो वन विनाश र आधुनिकीकरणले पुतलीको बासस्थान नाँसिदैछ। त्यसैले तीनको संरक्षणमा जनचेतना जगाउन आवश्यक देखिन्छ।
पुतली संरक्षणलाई पर्यटनसँग जोड्न सकियो भने सजिलो हुन्छ किनभने नेपाल पनि पुतली पर्यटनमा प्रचुर सम्भावना भएको देश हो। यहाँ प्रकृतिसँग रमाउन चाहनेहरुले पक्कै पनि पुतलीहरुको सुन्दर फोटो खिच्न अनि अवलोकन गर्न मन पराउनेछन्।
हामीले हाम्रो देशका यस्ता हजारौं कस्तुरीहरू कहिले चिन्ने?
किस्मत न्यौपाने
Photo by James Wheeler from Pexels
Facebook Comments
Little positivity every week. Share your positivity insights with us at: offline.positivity@gmail.com

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *