Nepali Poem | सुपरीवर्तन | BIKESH GAMAL

Bikesh Gamal

तर यहाँ ढुंगाको टाउको फुटेको छ
यहाँ माटोको मासु लुछेको छ
यहाँ सहनै नसकिने पिडा भयो
धर्तीकै अस्मिता लुटेको छ

बुद्ध जन्मेको देशमा हत्या, हिंसा बढेको छ
ढुंगा, माटो सबै रोए ,रुखहरु ढली लडेको छ
मान्छेको मन भत्किदै गए जिउदै लाश भएको छ
एक अर्कामा आत्मसम्मान छैन, देश खस्किदै गएको छ

तर यहाँ ढुंगाको टाउको फुटेको छ
यहाँ माटोको मासु लुछेको छ
यहाँ सहनै नसकिने पिडा भयो
धर्तीकै अस्मिता लुटेको छ

कहाँ कता अशान्ति भो भन्छन उनीहरुलाई नि रोकाउनुछ
शान्तिको स्रोत छ मेरो देशमा कोलाहलबाट जोगाउनु छ
अहमता र घमण्डले पतनको बाटो पहिल्याउछ
शान्ति संदेश दिएर भए पनि मानब सभ्यता जोगाउनु छ

तर यहाँ ढुंगाको टाउको फुटेको छ
यहाँ माटोको मासु लुछेको छ
यहाँ सहनै नसकिने पिडा भयो
धर्तीकै अस्मिता लुटेको छ

यहि स्थिर हुनु छैन ,सगरको शिखर टेक्नु छ
रोग,भोक,अभावका विकिरणलाई यी हत्केलाले छेक्नु छ
सुशासन ल्याई देशको नाम स्वोर्ण अक्षरले लेख्नु छ
भ्रस्टाचारमा हैन देशलाई सुशासनमै अग्रस्थानमा देख्नु छ

तर यहाँ ढुंगाको टाउको फुटेको छ
यहाँ माटोको मासु लुछेको छ
यहाँ सहनै नसकिने पिडा भयो
धर्तीकै अस्मिता लुटेको छ

अब, ति कुरीतिहरुलाई मौलाउनबाट रोक्नुछ
जिर्ण शान्तिका अवयवहरुलाई ब्युताएर बोक्नु छ
देश अव्यबस्था र अन्यायबाट परिवर्तन भएको देख्नु छ
अतुलनिय तिम्रो खोक्रो राष्ट्रबाद र मेरो देशको माया एकै तराजुमा जोख्नु छ

तर यहाँ ढुंगाको टाउको फुटेको छ
यहाँ माटोको मासु लुछेको छ
यहाँ सहनै नसकिने पिडा भयो
धर्तीकै अस्मिता लुटेको छ

 

Read more Nepali Poem:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

contributor

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *