शान्तिका अवयव | Nepali Poem | Bikesh Gamal

Bikesh Gamal

शान्तिका अवयव | Nepali Poem | Bikesh Gamal

खुकुरी चलाउने होइन हजुर कलम चलाउने हो
देश बिगार्ने होइन हजुर देश बनाउने हो

शब्दका तिखा धारले कुरीतिको घाँटी चटक्क रेट्ने हो
असमझदारी र द्वोन्दलाई जरै देखि मेट्ने हो
खुकुरी चलाउने होइन हजुर कलम चलाउने हो
देश बिगार्ने होइन हजुर देश बनाउने हो

आफ्नै देशको अहित गर्न किन हतियार चलाउने हो
जो मरे पनि नेपाली नै मर्ने हो के देश जलाउने हो?
खुकुरी चलाउने होइन हजुर कलम चलाउने हो
देश बिगार्ने होइन हजुर देश बनाउने हो

के खाली बुद्ध र वीरताको पाना मात्र देखाउने हो?
की फेरी शान्ति ल्याई देशमा इतिहास लेखाउने हो
खुकुरी चलाउने होइन हजुर कलम चलाउने हो
देश बिगार्ने होइन हजुर देश बनाउने हो

Read more Nepali Poem:

जीवन के नै हो? | Nepali Poem by Prajin Shrestha

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

contributor

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *