प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
“अतितका पाना” नयनराज पाण्डेको “यार” उपन्यास पढ्दै थियो केशव। ऊ आफूलाई मनपरेको पुस्तक एकै रातमा सकाउँथ्यो। ‘एयरगन’- पृष्ठ ४८ मा पुगेका थिए… “केही स्मृतिहरु जोडिएका छन् उसित। केही धमिला छन् ती स्मृतिचित्रहरु। तर, चित्रअगाडिको बाफलाई मनको नरम हत्केलाले पुछ्दा ती चित्र सफा भएर आउँदा रहेछन्। मनको किताबमा थुनिएका गुलाबका सुकेका फूल फेरि फक्रिन थाल्दा रहेछन्। […]

