Muskan Pandey

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.
Muskan Pandey

हिमाल जस्तै अटल उनी..! | Muskan Pandey | Offline Thinker

नारी एक यस्तो पात्र हो जसले प्रकृतिको हरेक आकृतिमा रङ्गहरु भर्छिन्। जसले सूर्यको किरणले न्यानो प्रकाश छरेझै मानिसको जीवनमा सुवास छर्छिन्। जसले घडीको सुइको टिकटिक चालसँगै अरुको धड्कनको हाल बुझ्छिन्। जसले हरेक फूलको पत्र पत्रमा पनि जिन्दगीका पात्रहरु भेट्छिन्। र त्यही भेटिएका पात्रबाट केही नयाँ त केही नौलो सिक्दै पुरानो जिन्दगी र पुरानो दिनमा केहि […]

मान्छे

“गाँउघरमा डुलेको, झुलेको मन” | Muskan Pandey

“गाँउघरमा डुलेको, झुलेको मन” | Muskan Pandey सहरमा जन्मेको हुर्केको मानिसलाई गाउँघर मनपर्छ। भनिन्छ नि जे कुराको अभाव हुन्छ त्यही कुराको चाह बढी हुन्छ। हो, ठ्याक्कै त्यस्तै ! सहरमै जन्मेको हुर्केको भएर होला गाउँठाउँको भाषाशैली, जीवन जिउने तरिका, हरियाली वनपाखा, डाँडाकाँडा, खोलानाला, खेतमा झुलेका धानका बाला अनि त्यही धर्ती माथि सेतो कपासजस्तै बादलले ढाकेको निलो […]

मान्छे

रहस्यमय कहानी हो जिन्दगानी ! Muskan Pandey

रहस्यमय कहानी हो जिन्दगानी ! Muskan Pandey जिन्दगीको यो गोरेटोमा कोहि सुखको गीत गाउँछन् , कोहि दुखको ताली पिट्छन्, कोहि सपना देखिरहन्छन्।  कोहि संघर्ष गर्न रुचाउँछन् , कोहि ओठको कुनामा हाँसो छर्दै ब्युँझन्छन्।कोहि आँसु पोखेर आफ्नो पिडा भुलाउँछन्। कोहि कसैको यादमा जीवन बिताउँछन्, कोहि कसैको यादमा तड्पिएर बिलाउँछन। जिन्दगी यस्तै रहेछ। यहाँ सबैको आफ्नै आफ्नै […]

मान्छे

मरेर गएनि कहिल्यै नमर्ने मान्छे! | Written by Muskan Pandey

जिन्दगी कस्ले देखेको छ र? मृत्यु कस्तो हुन्छ मरेको मान्छे फर्केर कहाँ आएको छ र? आज अचानक मेरो मन मस्तिष्कमा धेरै पहिलेदेखि गडेर बसेको यो सोच जागेर आयो। मान्छेको मृत्यु कसरी हुन्छ? मानिसको मृत्यु कहिले हुन्छ? जिन्दगीको यो तितो सत्य मानिस आफैलाई थाहा हुँदैन। तर उसलाई यति थाहा छ कि जिन्दगी जन्मदेखि देहान्त सम्मको यात्रा […]

Muskan Pandey

“जीन्दगी” | कविता | Muskan Pandey | काव्यकुञ्ज कविता प्रतियोगिता

आउ! आज म सुनाउछु केही किस्साहरु, जिन्दगी जिउन भुलेका मान्छेहरुलाई, बुझाउँछु जिन्दगीको रहस्यमय हिस्साहरु! खुशी, दुःख, पीडा अनि मनका भावनाहरु, सबै समेटेर कोर्नेछु केही हरफहरु।। गाइरहनु जिन्दगीका गीतहरु, सुनाउनु केही रमाइला किस्साहरु, समयको कैदमा रहेको जिन्दगीमा खुलेर बाँच्नु केही पलहरु। कहिले उकाली कहिले ओराली हुन्छन् यात्राहरु, भेटिनेछन् कयौँ पात्रहरु, अनेकौँ भयानक गल्लीहरुमा खोज्नु शितल छहारी […]

आकृति | Nepali Poem | Muskan Pandey

हेर त त्यो नाउ खाली छ, सायद हामी दुईको पर्खाइमा छ, हेर त पानीमा देखिएको तिम्रो आकृतिले, त्यो निलो आकाशलाई पनि लोभ्याउँछ, तिम्रो आकृतिलाई पछ्याउँदै आकाशबाट बादल पनि पानीको थोपा बनि तिम्रै आकृतिमा आएर पोखिन्छ, त्यही खोलामा देखिएको तिम्रो आकृतिलाई आफ्नो थोपा थोपामा समेट्न खोज्छ। हेर त त्यो नाउ खाली छ, अनि यो दृश्य कति […]

रजस्वला | Nepali Poem | Muskan Pandey

मलाई अझै पनि याद छ त्यो दिन जुन दिन मेरो रजस्वला भएको थियो, अन्जान बेजान यी प्राकृतिक प्रक्रियाबाट मन नमाज्जाले डराएको थियो, रातो रगतको रातो दागसँगै मेरो मुख लाजले रातै भएको थियो, जब कसैले मलाई अपवित्र भनी सूर्यको किरण, पुरुष र सबैबाट , टाढा कतै अँध्यारो अनि बन्द कोठामा केहि दिनको लागि राखेको थियो। के […]

लकडाउनका मीठा कथा | मुस्कान पाण्डे | Offline Thinker |#1

-मुस्कान पाण्डे यहाँ कथा थुप्रै हुन्छन् र त्यस्तै लकडाउन पनि अब एउटा कथाको लागि विषय बनेको छ। कोहि सुखको गीत गाउँथे, कोहि दुःखको झ्याली पिट्थे,कोहि मीठो सपना देख्थे,कोहि संघर्ष गर्न रुचाउँथे,घामको किरण पनि देखिन नपाइ मान्छे आफ्नो कामतिर दौडन्थे, साँझ पनि छिप्पिएर रात भएपछी आफ्नो घर फर्कन्थे। रमाइला पल गाँस्ने समय कसैको थिएन। आफ्नै संसारको […]

म जिउँदो लास ! Poem by Muskan Pandey

म जिउँदो लास मैले देखेको छु, बुवाले आफ्नो सपना त्यागेको,परिवारको लागि भनेर आफ्नो दुखसँग खुसी साँटेको,आफ्नो काम र मिहेनतसँग साइनो गाँसेको,मैले देखेको छु, बुवाको थाकेको अनुहार,कयौँ ठक्कर खादै अप्नाएको त्यो हार।मैले बुवाहरुको आँखा पनि चिन्ताले भरिएको देखेकी छु,प्रेमका झिल्काहरुले लाचार बनाएको देखेकी छु। मैले देखेको छु, आमाले आफ्नो भोको पेटपटुकीले कसेर पेटभरी पहिले परिवारलाई खुवाको,जाडो […]